२०८१, २५ पुस बिहीबार

गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री सुरु

गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री सुरु


काठमाडौ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ ।

बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो । १० ग्राम सिक्काको रु.१,६०० र २५ ग्राम सिक्काको रु.४,००० मूल्य निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ ।

दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

प्रकाशित मिति : २०८०, ७ आश्विन आईतबार  ३ : ३१ बजे

एक सय २० मुसहर मजदुरलाई भारतमा चरम श्रम शोषण, आठ महिना बन्धक

सिरहा । गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का

पर्वतमा ग्यास चुहिएर आगलागी : एक जनाको मृत्यु, दुई जना घाइते

काठमाडौ : पर्वतमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक

आजको मौसम : कोशी, मधेश र बाग्मतीका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

हेर्नुहोस् तस्विरमा हेर्नुस गुरुङ समुदायको तमु ल्होसार

काठमाडौं । गुरूङ समुदायले आज तमु ल्होसार मनाईरहेका छन्। हरेक

संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गरौं : मन्त्री सिंह

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिहंले पुर्खाले सुम्पिएर गएको संस्कृतिलाई