२०८२, २१ कार्तिक बिहीबार

एमाले अधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था मिलाइने

एमाले अधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था मिलाइने


काठमाडौ । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा इलेक्ट्रोनिक (विद्युतीय)मेसिनमार्फत मतदान हुने भएको छ ।

असोज ८ गते काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन हुने अधिवेशनमा मतदानका लागि विद्युतीय मेसिनको प्रयोग गर्ने तयारी भएको नेकपा एमालेका नेता रामेश्वर फुयाँलले जानकारी दिए । 

‘बागमती अधिवेशनमा मतदानका लागि हामी ट्याङ्की राख्दैनौ । विद्युतीय मेसिनको प्रयोग गर्छौ’, फुयालको भनाइ छ । कतिवटा मेसिन प्रयोग गर्ने भन्ने आन्तरिक छलफल भइरहेकाले टुंगो लागिनसनेको फुयालले बताए । उनका अनुसार अधिवेशनको तयारी लगभग पुरा भएको छ । अधिवेशनमा झण्डै साढे १२ सय प्रतिनिधि सहभागी हुनेछन् । उद्घाटन अघि काठमाडौँका विभिन्न स्थानबाट र्यालीसहित नेता कायकर्ताहरु झाँकीसहित अधिवेशनस्थल आउने छन् । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच जना पदाधिकारीसहित २४० जना प्रदेश नेतृत्व छनोटका लागि अधिवेशन हुँदैछ ।

एमाले प्रदेश कमिटी अध्यक्षमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, नुवाकोटका केशवराज पाण्डे, काठमाडौँका सानु श्रेष्ठ, दोलखाकी रचना खड्का लगायतले आकांक्षा राखेका छन् । तर एमाले नेतृत्वले सकभर सहमतिमै नेतृत्व चयन गर्नुपर्ने भन्दै प्रयास जारी राखेको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसके चुनावमार्फत छान्ने विकल्प बाँकी रहेकाले नेताहरुले आ-आफ्नो तयारी गरेको बुझिएको छ ।

प्रकाशित मिति : २०८०, ७ आश्विन आईतबार  १२ : ०२ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर