२०८२, ३२ असार बुधबार

भारतमा बेचिएका दुई किशोरीको उद्धार

भारतमा बेचिएका दुई किशोरीको उद्धार


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ। मन्त्री आचार्यले उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा स्वागत गर्नुभएको हो ।

सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आएपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय गरेर उद्धार गरिएको हो ।

बेचिएका किशोरीको उद्धार कार्यको जानकारी गराउँदै शक्ति समूहकी अभियानकर्मी चरिमाया तामाङले बेचबिखनमा परेकालाई स्वदेश फिर्तीको नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या भएको बताउनुभयो।

ुस्वदेश फिर्तीको स्पष्ट नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या परेको छ, भूकम्पका कारण धेरै बालबालिका बेचबिखनमा परेँ, त्यसपछि उद्धारमा धेरै काम गर्यौँ । दलालले दिने डर, त्रास, धम्की र प्रलोभनमा पारेर परिवारका सदस्यलाई प्रभावित पार्नेलगायतका विभिन्न समस्याले गर्दा हाम्रा काम प्रभावकारी हुन सकिरहेका छैनन्ु, तामाङले भन्नुभयो ।

सामाजिक अभियानकर्मी इन्द्रराज भट्टराईले उद्धारका लागि अझै प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले बेचबिखनमा पर्न नदिनका लागि सचेतना र सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८०, ७ आश्विन आईतबार  ११ : २४ बजे

नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न

काठमाडौं । नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न

पेट्रोल र डिजलको मूल्य घटयो

काठमाडौं । नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । केही दिनका लागि संघीय संसदका दुवै सदनका बैठक

आज पाँच प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी