२०८२, २४ मंसिर बुधबार

आठ वर्ष अघिको त्यो दिन भारतसँग घुँडा नटेक्ने प्रण गरेको थिएँ : एमाले अध्यक्ष ओली

आठ वर्ष अघिको त्यो दिन भारतसँग घुँडा नटेक्ने प्रण गरेको थिएँ : एमाले अध्यक्ष ओली

भारतले आठ वर्षअघि लगाएको नाकाबन्दीको स्मरण


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आठ वर्ष अघि भारतले आजकै दिन सुरु गरेको नाकाबन्दीको स्मरण गर्नुभएको छ ।

संविधानसभाबाट संविधान जारी गरेपछि त्यसको खिलापमा रहेको भारतले नेपालका दक्षिणीसिमाबाट हुने आयातलाई पूर्णत बन्देज लगाएको थियो । नेपाल विरोधी भारतको यो अभियानमा आफूलाई मधेस केन्द्रित दलका नेता भन्ने उपेन्द्र यादव,महन्थ ठाकूर,राजेन्द्र महतो लगायतले साथ दिनुभएको थियो ।

एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्दै आफूले यस दिनलाई कहिल्यै विर्सन नसक्ने दिनको रुपमा स्मरण गर्ने बताउनुभएको छ । ओलीले लेख्नुभएको छ, अस्पतालमा अक्सिजन,औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो । इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं। देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।’

अध्यक्ष ओलीले नाकाबन्दी सुरु भएको दिनलाई नेपाल आत्मनिर्भरताको प्रेरणाको दिनका रुपमा लिएको बताउनुभएको छ । अबका दिनमा कसैले जतिसुकै प्रहार गरे पनि आत्मनिर्भरताको अभियानलाई जारी राख्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले नाकाबन्दीको त्यो त्रासदीपूर्ण दिनको सुरुवात आम जनताले कसरी सम्झेका होलान् भनेर जिज्ञासा पनि राख्नुभएको छ ।

नाकाबन्दीको १९ दिनपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । त्यसपछि उहाँले भारतसँग घुँडा नटेक्ने बरु सामना गर्ने नीति लिनुभयो । तत्कालिन प्रधानमन्त्री ओलीको यो अडानमा आम नेपाली जनताले साथ दिए । भारतले आफ्नो देश भ्रमणका लागि पटक पटक आमन्त्रण गरेपनि नाकाबन्दी अन्त्य नभएसम्म नजाने अडान लिनुभयो । अन्तत २०७२ को फागुनको सुरुमा भारतले नाकाबन्दी अन्त्य गरेको घोषणा गर्यो ।

अध्यक्ष ओलीले भारतको एकाधिकार अन्त्य गर्ने चीनसँग पनि व्यापार तथा पारवहान सन्धी गर्नुभयो ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ६ : ४२ बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे