२०८३, १० बैशाख शुक्रबार

दाङमा खुकुरी प्रहारबाट एक महिलाको ज्यान गयो, दुई जना गम्भीर घाइते

दाङमा खुकुरी प्रहारबाट एक महिलाको ज्यान गयो, दुई जना गम्भीर घाइते


काठमाडौ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै ज्यान गएको छ । त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् ।

आज दिउँसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३८र३९ वर्षीय टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार गर्दा एक जना महिलाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिनुभएको छ ।

ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका ११ निवासी अन्दाजी ४२र४३ वर्षीया रिता लामिछाने रहेकी छन् । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासी खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । त्यस्तै त्यसै ठाउँ बस्ने ४५ वर्षिय वीरबहादुर हमाल र अन्दाजी ६५ वर्षिया कमला कुमारी हमाल गम्भीर घाइते भएका छन्

घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ । साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ ।

खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ४ : २० बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले