२०८२, २ चैत्र मंगलबार

सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपतिसँग शिष्टाचार भेट

सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपतिसँग शिष्टाचार भेट


डब्लिन । सभामुख देवराज घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका छन् ।

राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिएका छन् । भेटमा सभामुख घिमिरेले कुटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए ।

सभामुख घिमिरेले नेपाल र आयरल्याण्ड भौगोलिक रुपले टाढा भएता पनि कला, साहित्य, संगीत तथा संस्कृतिका माध्यमले नजिक रहेको पनि उल्लेख गरेका छन् । ‘हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भाव जस्ता समान मुल्य मान्यताहरु हुन् । लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धताहरु रहेका छन्,’ सभामुखको भनाइ थियो ।

उनले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको जानकारी दिँदै नेपालको आर्थिक विकासको लागि कृषि, पर्यटन, जलविद्युत, भौतिक पूर्वाधार तथा सूचना प्रविधि जस्ता क्षेत्रहरुमा लगानी गर्न राष्ट्रपतिमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको बताए ।

सभामुख घिमिरेले जलवायु परिवर्तनको चुनौति सामना गर्न विश्व मञ्चमा नेपाल र आयरल्याण्डबीच सहकार्यमा जोड दिनुको साथै आयरल्याण्डमा शिक्षा हासिल गर्न नेपाली विद्यार्थीहरुलाई आवश्यक सहजिकरणका लागि आग्रह गरेका छन् । भेटमा आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्सले नेपाल राजतन्त्रात्मक शासन अन्त्य गर्दै लोकतन्त्रको बाटोमा अघि बढेकोबारे आफू जानकार रहेको बताउँदै प्राकृतिकरुपमा दुवै मुलुक धनी रहेको बताए ।

राष्ट्रपति हिगिन्सले नेपाल–आयरल्याण्ड मैत्री समूहमार्फत नेपालको कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गर्न सकिने धारणा पनि व्यक्त गरेका छन् । तीन सदस्यीय प्रतिनिधमण्डलको नेतृत्व गर्दै आयरल्याण्ड भ्रमणमा निस्किएका सभामुख घिमिरे आइतबार बिहान १०ः१५ बजे काठमाडौं फर्कने कार्यक्रम छ । भ्रमण टोलीमा सभामुखसँगै प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई रहेका छन् ।

आयरल्याण्डमा रहँदा सभामुख घिमिरले संसदको माथिल्लो सदन सिनेटका अध्यक्ष र तल्लो सदन प्रतिनिधि सभाका सभामुखसँग र सरकार मन्त्री तथा उच्च अधिकारीसँग भेट गरी दुईपक्षीय सम्बन्ध विस्तारका विविध विषयमा छलफल गरेका छन् ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  १० : ३६ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका