२०८३, १० कार्तिक मंगलबार

सर्लाहीको मलंगवा बजारमा आज पनि कर्फयू : जनजीवन कष्टकर बन्दै

सर्लाहीको मलंगवा बजारमा आज पनि कर्फयू : जनजीवन कष्टकर बन्दै


सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलंगवा बजारमा जारी अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिएको छ। धार्मिक समूहका नाममा सामाजिक सद्भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।

विगत तीन दिनदेखिको अनिश्चितकालीन कर्फ्युबाट मलंगवा क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । कर्फ्युको कारण मलंगवा बजार बिहानैदेखि सुनसान छ। पसल, कलकारखाना, होटल आज पनि बिहानैदेखि खुलेका छैनन्।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गएको बिहीबार साँझ गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा मलंगवा ३ मा दुई समूहबीच झडप भएपछि थप अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले मलंगवामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो।

कर्फ्युअघि बिहीबार राति भएको झडपमा परेर ८ जना घाइते भएका थिए। त्यसमध्ये एकजनाको अवस्था गम्भीर छ। उनको वीरगञ्जमा उपचार भइरहेको छ।

शुक्रबार मलंगवामा केही व्यक्तिले कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनको प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  १० : १८ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा