२०८३, २० आश्विन बुधबार

सर्लाहीको मलंगवा बजारमा आज पनि कर्फयू : जनजीवन कष्टकर बन्दै

सर्लाहीको मलंगवा बजारमा आज पनि कर्फयू : जनजीवन कष्टकर बन्दै


सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलंगवा बजारमा जारी अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिएको छ। धार्मिक समूहका नाममा सामाजिक सद्भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।

विगत तीन दिनदेखिको अनिश्चितकालीन कर्फ्युबाट मलंगवा क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । कर्फ्युको कारण मलंगवा बजार बिहानैदेखि सुनसान छ। पसल, कलकारखाना, होटल आज पनि बिहानैदेखि खुलेका छैनन्।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गएको बिहीबार साँझ गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा मलंगवा ३ मा दुई समूहबीच झडप भएपछि थप अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले मलंगवामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो।

कर्फ्युअघि बिहीबार राति भएको झडपमा परेर ८ जना घाइते भएका थिए। त्यसमध्ये एकजनाको अवस्था गम्भीर छ। उनको वीरगञ्जमा उपचार भइरहेको छ।

शुक्रबार मलंगवामा केही व्यक्तिले कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनको प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  १० : १८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको