२०८३, ३० असार बुधबार

नेपालमा ‘राइड सेयर सेवाको लोकप्रियतासँगै ‘इनड्राइभ’ प्रवेश

नेपालमा ‘राइड सेयर सेवाको लोकप्रियतासँगै ‘इनड्राइभ’ प्रवेश

पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा विश्वभर १० करोड भन्दा धेरै प्रयोगकर्ता


काठमाण्डौ । नेपालमा ‘राइड सेयर सेवाको लोकप्रियतासँगै ‘इनड्राइभ पनि नेपालमा प्रवेश गरेको छ । ‘इनड्राइभ’ले राइडशेयर कम्पनीहरूको भीडमा बिस्तारै लोकप्रियता प्राप्त गर्दैछ। अन्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा यात्रुहरूका लागि सस्तो भाडा र चालकहरूका लागि कुनै कमिशनु नभएका कारण यो लोकप्रिय रहँदै आएको छ। एशिया प्यासिफिक ९एपीएसी०का लागि इनड्राइभका निर्देशक रोमन एर्मोसिन हाल काठमाडौंमा छन्। नेपाली सञ्चारमाध्यमसँगको अन्तरक्रियामा उनले कम्पनीको वर्तमान अवस्था र आगामी योजनाका बारेमा जानकारी गराएका थिए।


इर्मोशिनले इनड्राइभले सरकारी निकायमा दर्ताका लागि आवेदन गरिसकेको र स्वीकृतिको पर्खाइमा रहेको बताए। ूहामी अनुसन्धान र विकास गतिविधिहरूमार्फत नयाँ बजारहरू परीक्षण गर्ने एक साझा उद्योग अभ्यासलाई पछ्याउँछौं। नेपालमा, हामीले कुनै शुल्क वा कमीशन नलिई नागरिकहरूलाई ‘इनड्राइभ’ एप प्रदान गर्दैछौं। यसले हामीलाई आधिकारिक रूपमा हाम्रा सेवाहरू सुरु गर्नुअघि बजार र यसको सम्भावना बुझ्न मद्दत गर्दछ।


हामी सान्दर्भिक सरकारी निकायहरूसँग सम्पर्कमा छौं र आधिकारिक सुरुवात गर्नु अघि कानूनद्वारा आवश्यक इजाजतपत्र र स्वीकृतिहरू प्राप्त गर्न प्रतिबद्ध छौं।राइड(हेलिङ एपीएसी इनड्राइभका निर्देशक श्री रोमन एर्मोसिनले भने।
वर्षौंदेखि विकसित हुँदै, इन्ड्राइभर स्वतन्त्र चालकहरू हाल इन्ड्राइभ इनर ड्राइभ को रुपमा शहरी सेवाहरूको लागि मार्केटप्लेसमा परिणत भएको छ। इन्ड्राइभ यात्रुहरुद्वारा संचालित कम्पनी हो जसले विश्वमा मानव समानुभूतिलाई प्रतिस्थापन गर्न सक्ने कुनै प्रविधि छैन भन्ने विश्वास गर्छ। राइड हेलिङ एपहरू बढी मानिसका लागि हुन् र हुनुपर्छ भनेर इन्ड्राइभले प्रमाणित गर्दै आएको छ। इन्ड्राइभमा रहेको फेयर प्राइसमा यात्रुहरु सहमत हुनसक्दछन्।

आज, इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो र यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा विश्वभर १० करोड भन्दा धेरै प्रयोगकर्ताहरूलाई निरन्तर सेवा दिईरहेको छ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ६ : ५८ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै