२०८२, २५ कार्तिक सोमबार

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने


काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७ दिनसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।

सिम्लेदेखि मलेखु सडक खण्ड चौडा बनाउन पहरो कटान गर्नुपर्ने भएका कारण राति चार घण्टा यो खण्डमा गाडी आउजाउ बन्द गर्न लागिएको हो ।

आजदेखि २० गतेसम्म खयरघारी र पोखरेखोला नजिक गाडी आउजाउ रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी दिनुभयो । यो समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको गाडीबाहेक अन्य गाडी चलाउन पाइने छैन ।

नागढुङ्गा-मुग्लिन सडक योजना पूर्वी खण्डले सूचना निकालेर यो खण्डमा दिउँसोको समयमा मात्र यात्रा गर्न अनुरोध गरेको छ । काठमाण्डौबाट बाहिरने गाडीलाई धादिङको थाक्रे गाउँपालिका-१ को एक्लेफाँटमा र काठमाण्डौ भित्रिने गाडीलाई गजुरी गाउँपालिका-५ घाटबेसी पुलमा रोकिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८०, ४ आश्विन बिहीबार  १० : ५५ बजे

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।