२०८२, २० चैत्र शनिबार

स्थानीय तहका कर्मचारी पनि आन्दोलनको तयारीमा

स्थानीय तहका कर्मचारी पनि आन्दोलनको तयारीमा


काठमाडौं । आफूहरुको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयध ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका छन् ।

आन्दोलनका संयोजक दीपक गौतमका अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै हुने व्यवस्था लागु गर्नुपर्ने, स्थानीय सेवाबाट प्रदेश र संघीय निजामती सेवामा प्रवेश गर्न उमेरहद लागु हुन नहुने, समायोजन भएकाहरुको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गर्न लागिएको हो ।

त्यस्तै सेवाअवधि गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग पनि उनीहरुको छ ।

‘स्थानीय तह कर्मचारी सरोकार फोरम’ को संयोजनमा विभिन्न माग राख्दै आन्दोलनको तयारी भएको हो । प्रस्तावित आन्दोलनका कार्यक्रम अनुसार ७ असोजमा जिल्ला स्तरीय संघर्ष समितिको संयोजनमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मागपत्र बुझाउने तयारी छ ।

त्यसपछिका माग सम्बोधन नहुँदाका दिनसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र कार्यालयमा ठूलो ब्यानर टाँसेर आधा दिन ‘पेन डाउन’ गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ ।

यसबीचमा राष्ट्रिय मान्यता प्राप्त दलका नेता र प्रमुख सचेतक समक्ष मागपत्र बुझाएर ध्यानाकर्षण गराउने र राष्ट्रिय स्तरका ट्रेड युनियनसँगको समन्वयमा सशक्त आन्दोलनको तयारी गर्ने योजना छ ।

१२ असोजदेखि काठमाडौं केन्द्रित भएर सशक्त आन्दोलन सुरु गर्ने र प्रत्येक पालिका, वडा कार्यालयमा ‘पेन डाउन’ गर्दै सिंहदरबार अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम अघि सारिएको छ । संयोजक गौतम प्रस्तावित कार्यक्रमअनुसार नै निर्णय हुने र आन्दोलन अघि बढ्ने बताउँछन् ।

हेर्नुहोस् स्थानीय तह कर्मचारीका आन्दोलनको कार्यक्रम

प्रकाशित मिति : २०८०, ३ आश्विन बुधबार  ३ : ०४ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।