२०८२, २२ भाद्र आईतबार

स्थानीय तहका कर्मचारी पनि आन्दोलनको तयारीमा

स्थानीय तहका कर्मचारी पनि आन्दोलनको तयारीमा


काठमाडौं । आफूहरुको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयध ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका छन् ।

आन्दोलनका संयोजक दीपक गौतमका अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै हुने व्यवस्था लागु गर्नुपर्ने, स्थानीय सेवाबाट प्रदेश र संघीय निजामती सेवामा प्रवेश गर्न उमेरहद लागु हुन नहुने, समायोजन भएकाहरुको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गर्न लागिएको हो ।

त्यस्तै सेवाअवधि गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग पनि उनीहरुको छ ।

‘स्थानीय तह कर्मचारी सरोकार फोरम’ को संयोजनमा विभिन्न माग राख्दै आन्दोलनको तयारी भएको हो । प्रस्तावित आन्दोलनका कार्यक्रम अनुसार ७ असोजमा जिल्ला स्तरीय संघर्ष समितिको संयोजनमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मागपत्र बुझाउने तयारी छ ।

त्यसपछिका माग सम्बोधन नहुँदाका दिनसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र कार्यालयमा ठूलो ब्यानर टाँसेर आधा दिन ‘पेन डाउन’ गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ ।

यसबीचमा राष्ट्रिय मान्यता प्राप्त दलका नेता र प्रमुख सचेतक समक्ष मागपत्र बुझाएर ध्यानाकर्षण गराउने र राष्ट्रिय स्तरका ट्रेड युनियनसँगको समन्वयमा सशक्त आन्दोलनको तयारी गर्ने योजना छ ।

१२ असोजदेखि काठमाडौं केन्द्रित भएर सशक्त आन्दोलन सुरु गर्ने र प्रत्येक पालिका, वडा कार्यालयमा ‘पेन डाउन’ गर्दै सिंहदरबार अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम अघि सारिएको छ । संयोजक गौतम प्रस्तावित कार्यक्रमअनुसार नै निर्णय हुने र आन्दोलन अघि बढ्ने बताउँछन् ।

हेर्नुहोस् स्थानीय तह कर्मचारीका आन्दोलनको कार्यक्रम

प्रकाशित मिति : २०८०, ३ आश्विन बुधबार  ३ : ०४ बजे

सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

काठमाडौं । सरकारले देशभर सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई

सर्वोच्चले सामाजिक सञ्जाल निष्क्रिय गर्ने रिट अस्वीकार, सरकारको कदमलाई कानुनी मान्यता

काठमाडौं । सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयविरुद्ध

प्रधानमन्त्री ओलीको कडा चेतावनी : ‘जेनजी’को नाममा समाज भड्काउन पाउँदैनौं

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले

एमालेको निर्वाचन आयोग प्रमुखमा डा. विजय सुब्बा पुनः नियुक्त

ललितपुर । नेकपा एमालेले नयाँ झण्डा र संगठनात्मक मजबुतीतर्फ एक

एमालेमा नयाँ ऊर्जा, ओली नेतृत्वमा पार्टी एकतामा जोड

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले पार्टीलाई नयाँ उर्जा