२०८२, २५ भाद्र बुधबार

बहुविवाहको आरोपमा माओवादी नेता पार्टीबाट निलम्बित

बहुविवाहको आरोपमा माओवादी नेता पार्टीबाट निलम्बित


काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई निलम्बन गरेको छ ।

चौधरीलाई ‘सांस्कृतिकजन्य कमजोरी’ गरेको आरोपमा माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो ।

गत २५ भदौमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले मातहतका कमिटीलाई जारी गरेको सर्कुलरमा चौधरीले आरोप स्वीकार गरेको भन्दै निलम्बन गर्ने निर्णयलाई अनुमोदन गरेको उल्लेख छ ।

सर्कुलरमा उल्लेख छ, ‘सा‌स्कृतिक जन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहश्र स्वीकार गरेकोले निजलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ ।’
नेताहरूका अनुसार उनलाई बहुविवाह गरेको आरोप लागेको छ । जसलाई चौधरीले पनि स्वीकार गरेका छन् ।

चौधरी कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख समेत हुन् ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ५ : २१ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा