२०८२, ९ माघ शुक्रबार

एमाले गण्डकीको अधिवेशन रयाली झाँकीमय हुने

एमाले गण्डकीको अधिवेशन रयाली झाँकीमय हुने


पोखरा । असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेसको प्रथम अधिवेशन साँस्कृतिक झाँकीले झकिझकाउ हुने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुहुने अधिवेशन पुर्व आयोजना गरिने प्रदर्शनमा गण्डकी प्रदेशको हिमाल(पहाड( तराइको सम्पुर्ण साँस्कृतिक झाँकी प्रस्तुत गरिने भएको हो । झाँकी ब्यवस्थापन उपसमिति संयोजक हुम बहादुर गुरुङको अध्यक्षता सम्पन्न बैठकले एमाले गण्डकी प्रदेश अधिवेशनको उदघाटन र्यालीले साँस्कृतिक विविधताको संगम, राष्ट्रिय एकता र सद्भावको सन्देश दिने गरि तयारी गर्ने निर्णय गरेको हो ।
अधिवेशनमा घाँटु, चुडका, छ्याडु, कौरा, सोरठी, बालन, भजन, तायमचा, लाखे नाच, लठ्ठी नाच, तामाङ सेलो, थकाली, हिमाली नाच, गन्धर्व संस्कृति, पन्चै बाजा लगायत विभिन्न समुदायगत र क्षेत्रगत मौलिक प्रस्तुतिहरु हुने झाँकी संयोजक गुरुङले जानकारी दिनुभयो ।
संयोजक गुरुङको अध्यक्षतामा भएको प्रथम चरणको बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रदेस कमिटी उपसचिव रश्मि आचार्यले अधिवेशनको तयारी र झाँकी ब्यवस्थापनका सन्दर्भमा भनाई राख्नु भएको थियो।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  ८ : ५० बजे

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा

पाल्पा । पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार

ओलीको चुनावी कमाण्डर बने देवेन्द्र दाहाल, झापाबाट ‘फुल गियर’ चुनावी अभियान सुरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको