२०८२, १० बैशाख बुधबार

न्याय नपाएको प्रति पीडित साह परिवारको आक्रोश, सहयोगका लागि नागरिक समाजसंग आग्रह

न्याय नपाएको प्रति पीडित साह परिवारको आक्रोश, सहयोगका लागि नागरिक समाजसंग आग्रह


काठमाडौं । तीन महिना भन्दा लामो समयदेखि निरन्तर ध्यानाकर्षण गराउँदा पनि सरकारले न्याय नदिएको भन्दै आरती साहका परिवारले आक्रोश पोखका छन् ।
साहको न्यायका माइतीघरमा तीन महिनादेखि धर्नामा बसेका उनका परिवारले राज्यले नागरिकलाई कानूनी शासनको प्रत्याभूति दिलाउनुपर्नेमा राज्य प्रशासनबाटै न्याय माग्ने क्रममा आफूहरुलाई पीडा दिएको दुखेसो गरे । सरकारले आफ्ना जायज मुद्दा वेवास्ता गरेको भन्दै आरतीको माइती पक्षले आम नागरिकलाई न्यायको लागि आवाज उठाउन अपिल गरेका छन् ।
राम्ररी नेपाली बोल्न नजान्ने मृतक आरतीकी बहिनीले आफूहरु न्याय माग्न जाँदा प्रहरी प्रशासनले दुःख दिएको र बयान फेर्न दबाब दिएको आरोप लगाइन् ।
प्रहरीले घटनापछि बयान लिन बोलाउँदा प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक प्रकाश गौतमले आफूहरुलाई कुटेको उनको आरोप छ । उनले भनिन्, ‘त्यहाँका प्रहरी विश्वराज खड्काले हामी सबैजनालाई (५) कुटपिट गरेर थुन्देको थियो । विश्वराज खड्काले जवर्रजस्ति राती ९ बजेतिर गाडि पार्किङ गर्ने ठाउँमा लगेर जवरैजस्ती खुट्टा ढोग्न लगाए र मेरो बुबालाई धम्की दिए । तिम्रो छोरी त मरिन भएका अरु छोराछोरीलाई पनि मार्दिम? कहाँ जान्छौ सिआइबी अनुसन्धान चाहियो रे, खुरुक्क साइन गर नत्र ज्यान मार्ने भनेर धम्की दिएर जहाँ भन्यो त्यहाँ सहि छाप लगाएर र खुट्टा ढाोगे पछि बल्ल हामीलाई त्यहाँ बाट बाहिर निस्किन दिए ।’ मृतक आरती साहको आमा, भाई ,बहिनी र बुबा असार १ गतेबाट मृतक छोरीको न्यायको लागि भन्दै माइतीघरमा धर्नामा छन् ।
२०८० असार १ गतेबाट उनिहरुले दाइजोको निहुँमा कुटपिट गरी साहको हत्या गरिएको र पीडक पक्षलाई प्रशासनको समेत संरक्षण रहेको साह परिवारको आरोप छ ।
यति लामो समयदेखि न्यायको अपील गर्दा समेत प्रशासनले कुनै वास्ता उनीहरुको गुनासो छ ।
लामो समयबाट अपराधीमाथि कारबाही र आफ्नो मृतक दिदीको न्यायको लागि माग गर्दै आएपनि कसैले नसुनेको भन्दै मृतकको भाई प्रेम साहले सहयोगको याचना गरे ।
‘हामीले यहाँबाट न्याय पाएनौ भने भोलिका दिनमा हजारौंले न्याय पाउँदैन । त्यसैले सबै नागरिक उठेर अब न्यायको लागि आवाज उठाऔँ । पार्टी पोलिसि नगरौं न्यायको लागि मात्रै लडौ भनेर सबैलाई भन्छु । र कम्तीमा लेखेको नियम फलो होस् । नलेखेको नियमबारेमा त भन्नै सक्दैनौ । जो लेखिएको छ त्यो कम्तीमा लागू होस्, फलो होस । कानून सबैलाई लाग्नुपर्छ,त्यसको लागि सबै जनाले आवाज उठाउनको लागि हामीलाई सहयोग गर्नुहोस्,’ प्रेम साहले भने ।
छोरी आरती साहको हत्या भएको दाबी गर्दै न्याय माग्न धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापचोककी निर्मलादेवी साह सहितका परिवार माइतीघरमा धर्ना बसेको छन् ।
छोरीले आत्महत्या गरेको नभई घरका सदस्यले हत्या गरेको उनीहरुको दाबी छ । छोरीलाई दाइजो नल्याएको निहुँमा सासू रेणुदेवी साह, ससुरा मदनमोहन साह, श्रीमान् मोतीबाबु र देवर रवि साहले निर्घात कुटपिट गरी हत्या गरेको आमा निर्मलादेवीको जिकिर छ । गत जेठ ७ गते २२ वर्षीया आरतीको मृत्यु भएको थियो । आरतीका श्रीमान्, सासूससुरा र देवरलाई पक्राउ गरी मुद्दा अगाडि बढाउनुपर्ने तथा स्वास्थ्यकर्मी, सरकारी वकिलमाथि छानबिन नगर्दासम्म धर्ना जारी राख्ने माइती पक्षको भनाइ छ । उनिहरुले यस विषयमा गृहमन्त्रालय, मधेसी आयोग, मानवअधिकार आयोगलगायतका सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाई सकेका छन् ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  ३ : २५ बजे

शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान

सुर्खेत । शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थी भर्ना अभियानसंगै सामुदायिक

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र