२०८२, २६ श्रावण सोमबार

३४ जनालाई माफी दिनुपर्ने कारणसहित स्पष्ट आधार लेखेर पठाउन गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार

३४ जनालाई माफी दिनुपर्ने कारणसहित स्पष्ट आधार लेखेर पठाउन गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार


काठमाण्डौ । संविधान दिवसको अवसरमा कैद सजाय मिनाहाका लागि सिफारिस भएकामध्ये ३४ जनाको बारेमा राष्ट्रपति कार्यालयले असन्तुष्टि जनाएको छ ।

राष्ट्रपति कार्यालयले माफी मिनाहाका लागि सिफारिस भएका ३४ जनालाई माफी दिनु पर्ने कारणसहित स्पष्ट आधार लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भएको बाहेक ३४ जनाको सूची पठाएपछि यसबारेमा स्पष्ट हुन खोजेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयले आममाफी दिनुपर्ने कारण र महान्यायाधीवक्ताको रायसहित पठाउन भनेको स्रोतले जनाएको छ । सरकारले आउँदो असोज ३ गते संविधान दिवस पारेर ६ सय ७० जना कैदीबन्दीलाई माफी दिँदैछ । कारागार व्यवस्थापन विभागले कैद माफीका लागि आठ सय जनाको सूची पठाएको थियो।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ६ सय ७० जनाको कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयले फिर्ता पठाएका नामहरुमा धेरैजसो ज्यान मुद्दा र कर्तव्य ज्यान मुद्दा तथा तस्करी र सहकारी ठगीमा सजाय तोकिएकाहरु रहेका बुझिएको छ ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  १२ : २९ बजे

रवि लामिछानेलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा

नापी कार्यालय कलंकीका कर्मचारी घुससहित पक्राउ

काठमाडौं । नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३

चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

एजेन्सी । चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र

हिन्दुकुश हिमालय सांसद सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । हिन्दुकुश हिमालय क्षेत्रका सांसदहरूको सम्मेलन आगामी भदौ २

ऊर्जामन्त्री खड्का र अष्ट्रेलियाका राजदूतबीच भेट

काठमाडौं । ऊर्जामन्त्री दिपक खड्का र अष्ट्रेलियाका नेपालस्थित राजदूत लिआन