२०८२, २५ भाद्र बुधबार

आन्दोलनमा रहेको नेपाल चिकित्सक सङ्घसँग वार्ता हुँदै

आन्दोलनमा रहेको नेपाल चिकित्सक सङ्घसँग वार्ता हुँदै


काठमाण्डौ । देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलन थालेको नेपाल चिकित्सक सङ्घसँग सरकारले वार्ता थालेको छ ।

समस्याको समाधान छलफलबाट गर्ने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वार्ताका लागि मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो । अहिले सरकारी वार्ता टोली र नेपाल चिकित्सक सङ्घका पदाधिकारीबीच छलफल भइरहेको छ ।

हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोध गर्दै सङ्घले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ । ओपीडी सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरु उपचार सेवाबाट वञ्चित भएका छन् ।

गएको २७ गते सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

सङ्घले घटनामा संलग्न दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको जनाएको छ । सङ्घले भने दोषी सबैलाई पक्राउ नगरेको आरोप लगाएको छ । दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने सङ्घका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  १२ : २३ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा