२०८२, २ चैत्र मंगलबार

गैह्रीगाउँ सामुहिक हत्या प्रकरण : ट्याक्सी चढेर प्रहरीलाई खबर गर्न पुगेका शंकास्पद युवक पक्राउ

गैह्रीगाउँ सामुहिक हत्या प्रकरण : ट्याक्सी चढेर प्रहरीलाई खबर गर्न पुगेका शंकास्पद युवक पक्राउ


काठमाडौं । काठमाडौंको गैह्रीगाउँको सामुहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार राति दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । थप अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी परिसर काठमाडौंको टोली खटिएको प्रमुख थापाले जानकारी दिए ।

घटनाको यकिन कारण खुलेको छैन । घटनास्थलमा नेपाल प्रहरीको केनाइन महाशाखाबाट ट्रयाकर कुकुरहरू पनि ल्याएको छ । काठमाडौंको गैह्रीगाउँमा शुक्रबार राति एकै परिवारका तीनसहित चार जनाको हत्या भएको हो । काठ मिलभित्र उनीहरु हत्या गरिएको अवस्थामा भेटिएका हुन् । दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । काठमिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए । शुभद्रा केही दिनअघि श्राद्ध गर्न आएकी थिइन् ।

उनी हिजो मात्र छोराकोमा आएको पाइएको छ । यस्तै मोरङका अन्दाजी २० वर्षीय नविन राई पनि मृत भेटिएका छन् । उनी त्यहाँको कामदार नभएको पाइएको छ । प्रहरीका अनुसार सोही काठ मिलमा काम गर्दै आएका कामदारका छोरा दीपेन्द्र राई मध्यरातमा प्रहरीलाई खबर गर्न पुगेका थिए । उनी ट्याक्सी चढेर तिनकुने प्रहरी वृत्तमा पुगेको खुल्न आएको छ । प्रहरीले उनैलाई नियन्त्रणमा लिएको हो । उक्त काठमिल दोलखामा सांसद हारेका बालकृष्ण शिवाकोटीको भएको पाइएको छ ।

प्रकाशित मिति : २०८०, ३० भाद्र शनिबार  १० : ४२ बजे

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका

अफगानिस्तानको काबुलमा पाकिस्तानको हवाइ आक्रमण: कम्तीमा ४ सयको मृत्यु

काठमाडौँ। अफगान अधिकारीहरूले काबुलस्थित लागुऔषध प्रयोगकर्ताको लागि बनाइएको ओमर एडिक्सन

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको

इस्लामिक देशहरूलाई इरानको प्रश्न-तपाईंहरू कसको पक्षमा हुनुहुन्छ ?

काठमाडौं। अली लारिजानीले इस्लामिक देशहरूको सरकारप्रति आलोचनात्मक पत्र सार्वजनिक गरेका