काठमाण्डाै । दाङमा जाँडरक्सी खाएर छाेराले कुट्दा बाबुकाे ज्यान गएकाे छ ।
घोराही उपमहानगरपालिका–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीकाे कुटपिटबाट गएराति ५१ वर्षीय बाबु प्रेमबहादुर केसीकाे ज्यान गएकाे हाे ।
गम्भीर घाइते प्रेमबहादुरको उपचारका क्रममा ज्यान गएकाे दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनु भएको छ । सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको उहाँले बताउनुभयाे ।
प्रतिक्रिया