२०८३, ११ कार्तिक बुधबार

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द


काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार हाल दैनिक औसतमा डेढ दर्जनभन्दा बढी उडान रद्द भइरहेका छन्। यसले आगमन र प्रस्थानतर्फका ३० भन्दा बढी उडान प्रभावित भएका छन्। सोमबार जजिरा एयरवेज को कुवेत–काठमाडौं–कुवेत रुटका दुई उडान रद्द भएका छन्। त्यस्तै एयर अरेबिया को सारजहाँ–काठमाडौं–सारजहाँ उडान पनि रद्द भएको छ। त्यसैगरी फ्लाइ दुबई को दुबई–काठमाडौं–दुबई रुटका तीन तथा दोहा रुटको एक उडान रद्द भएको छ।

नेपाल एयरलाइन्स को काठमाडौं–दोहा–काठमाडौं र काठमाडौं–दुबई–काठमाडौं उडान पनि रद्द भएका छन् भने कतार एयरवेज को दोहा–काठमाडौं–दोहा उडान पनि प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। यस्तै हिमालय एयरलाइन्स को काठमाडौं–दोहा–काठमाडौं र काठमाडौं–दमाम–काठमाडौं उडान पनि रद्द भएका छन्। खाडी क्षेत्रमा बढ्दो सुरक्षा तनावका कारण नेपालबाट हुने उडानहरू निरन्तर प्रभावित भइरहेका छन्।

प्रकाशित मिति : २०८२, २४ फाल्गुन सोमबार  ७ : ३८ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव