२०८२, २८ भाद्र शनिबार

चौबीसवटा पालिकामा भूमिहीन र सुकुम्बासीको लगत सङ्कलनको लागि निवेदन आह्वान

चौबीसवटा पालिकामा भूमिहीन र सुकुम्बासीको लगत सङ्कलनको लागि निवेदन आह्वान


काठमाण्डौ । राष्ट्रिय भूमि आयोगले विभिन्न जिल्लाका चौबीसवटा पालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन लगत सङ्कलन थालेको छ ।

आयोगले आज सूचना निकालेर सम्बन्धित पालिकाका वडाका तोकिएका ठाउँमा खटिएका लगत सङ्कलकमार्फत् निवेदन आह्वान गरेको हो । आजदेखि ३५ दिनभित्र निवेदन दिइसक्नु पर्ने सूचानामा भनिएको छ ।

कोशी प्रदेशमा उदयपुरको उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिकामा निवेदन दिन आयोगको आग्रह छ ।

यस्तै, मधेस प्रदेशमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका, सिरहाको नवराजपुर गाउँपालिका, सिरहा नगरपालिका, सर्लाहीको हरिपुर नगरपालिका, बह्मपुरी गाउँपालिका, बाराको आदर्श कोतवाल गाउँपालिका, प्रसौनी गाउँपालिका, रौतहटको पहोरा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका, इशानाथ नगरपालिका, बौधीमाई नगरपालिका र राजपुर नगरपालिकामा पनि निवेदन दिन सकिन्छ ।

त्यसैगरी, बाग्मतीमा रामेछाप खाँडादेवी गाउँपालिका, काठमाण्डौको शङ्खरापुर नगरपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका तथा गण्डकीमा बाग्लुङको वरेङ गाउँपालिकामा निवेदन दिन पाइन्छ ।

यस्तै, लुम्बिनी प्रदेशका लागि रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, कर्णाली प्रदेशमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका र सुदूरपश्चिम प्रदेशका लागि बझाङ तलकोट गाउँपालिकाबाट निवेदन दिन सकिने आयोगले जनाएको छ ।

आयोगका अनुसार यसअघि लगत सङ्कलन थालिएका पालिकामा छुटेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले पनि ३५ दिनभित्र निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २०८०, २९ भाद्र शुक्रबार  १२ : ०८ बजे

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान

पर्यटकीय हब ठमेल : चाडपर्वको सिजनमै आन्दोलनको छायाँ

काठमाडौं । सँधै चाडपर्वको मुखमा पर्यटक र स्थानीयले भरिभराउ हुने