२०८२, १९ मंसिर शुक्रबार

हेटौँडा अस्पतालका डाक्टरद्वारा सामूहिक राजीनामा, मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प

हेटौँडा अस्पतालका डाक्टरद्वारा सामूहिक राजीनामा, मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प



काठमाण्डौ । हेटौँडाको सञ्चो अस्पतालका दुई जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा हेटौँडा अस्पतालसहित मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् ।

डाक्टरलाई कुटपिट गर्ने सबैलाई पक्राउ नगरेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिने हेटौँडा अस्पतालका डाक्टर हरिबहादुर खड्काले बताउनुभयो । हेटौँडा अस्पतालमा कार्यरत ७८ जना डाक्टरहरुले सामूहिक रुपमा राजीनामा दिएका डाक्टर खड्काले बताउनुभयो ।

हेटौँडा अस्पतालमा मात्र हरेक दिन १५ सय जनाभन्दा धेरै बिरामीले ओपीडीबाट सेवा लिँदै आएका छन् । त्यहाँका निजी अस्पतालमा पनि बिरामीको त्यति नै चाप हुने गरेको छ । ओपीडी सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् ।

बिरामीको उपचार गरिरहेका बेला हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) मै डाक्टरमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । अस्ति बिहान हेटौँडा–१ को सञ्चो अस्पतालमा डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापामाथि कुटपिट भएको थियो ।

डेङ्गीका कारण एक महिनाअघि ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी अस्ति डाक्टरमाथि कुटपिट गरेका हुन् । साउन २२ गते सञ्चो अस्पतालमा भर्ना भएका प्रधानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भोलिपल्टै चितवन रेफर गरिएको थियो ।

प्रधानलाई दोस्रो पटक डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो भने उहाँलाई मधुमेह र उच्च रक्तचाप पनि थियो । उहाँको साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार क्रममा ज्यान गएको थियो । कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रूपमा प्रहरीमा जाहेरी दिएका छन् ।

स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षा प्रत्याभूति नभएका कारण पीडितबाट मात्रै उजुरी दर्ता गर्ने अवस्था नभएपछि सामूहिक रूपमा दर्ता गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । डाक्टरमाथि कुटपिट गर्ने चार जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।

कार्यस्थलमा डाक्टरलाई कुटपिटबाट शारीरिक रुपमा चोटपटक पुर्याउनेलाई ३ वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । कुटपिटमा संलग्नलाई पूर्पक्षमा राखेर अनुसन्धान गर्नुपर्ने कानुनी व्यवस्था पनि रहेको छ ।

प्रकाशित मिति : २०८०, २९ भाद्र शुक्रबार  १० : ५० बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको