२०८२, २ चैत्र मंगलबार

लिबियामा आँधीपछि आएको बाढीमा परि ज्यान गुमाएका ५ हजार ३ सय जनाको शव भेटियो

लिबियामा आँधीपछि आएको बाढीमा परि ज्यान गुमाएका ५ हजार ३ सय जनाको शव भेटियो


काठमाडौ । लिबियाको पूर्वी क्षेत्रमा आँधीपछि आएको बाढीमा ज्यान गुमाएका पाँच हजार जनाभन्दा धेरैको शव भेटिएको छ ।

ड्यानियल नामको आँधीपछि आएको बाढीमा परि ज्यान गुमाएका पाँच हजार तीन सय जनाको शव भेटिएको लिबियाका नागरिक उड्डयन मन्त्री हिचेम अबु चकियोआतललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मृतकको सङ्ख्या दोब्बर हुन सक्ने उहाँको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा कम्तीमा ३४ हजार मानिस घरबारविहीन भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । अमेरिका, जर्मनी, इरान, इटाली, कतार र टर्कीले भने सहयोग पठाइरहेका बीबीसीले जनाएको छ । तर सहरमा पुग्ने सडकहरू बाढीका कारण अवरुद्ध वा भत्किएकाले प्रभावित परिवारहरूलाई सहयोग पुर्‍याउन चुनौतीपूर्ण रहेको राष्ट्र सङ्घले जनाएको छ ।

आँधीले वादी डेर्ना नदीमा बनाइएको दुई वटा बाँध र चार वटा पुल भत्काएको थियो । जसका कारण लाखौँ क्युबिक मिटर पानी डेर्ना सहरमा पसेको हो । बाढीसँगै सहरमा बिजुली र इन्टरनेटको लाइन काटिएको छ ।

प्रकाशित मिति : २०८०, २७ भाद्र बुधबार  ५ : २६ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका