२०८२, २५ फाल्गुन मंगलबार

काभ्रेका तीन यूवा मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

काभ्रेका तीन यूवा मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरले हिमालयन एयरलाइन्सबाट ९६० ग्राम सुन लिएर आएका बाबुलाल दोङलाई सुरुमा पक्राउ गरेको थियो । उनले उक्त सुन मलद्वारमा लुकाएर ल्याएका थिए ।

दोङले भन्सार छलि ल्याएको सुन लिन आएका अरु दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र काभ्रेकै महाभारत गाउँपालिका ३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्याङतान रहेको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले जानकारी दिएका छन् ।

दुबईबाट सुन ल्याउने दोङ काभ्रेको खानीखोला गाउपालिका ३ का हुन् । हाल पनौती नगरपालिका ५ बस्दै आएका छन् । थप अनुसन्धानको क्रममा मंगलबार ढल्कु स्थित बिगमार्टको पार्किङबाट अरु दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २०८०, २७ भाद्र बुधबार  ५ : ४३ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल