२०८३, ७ कार्तिक शनिबार

देशका धेरै ठाउँमा वर्षा, सिन्धुलीमा मुसलधारे पानी परेपछि बाढीको चेतावनी

देशका धेरै ठाउँमा वर्षा, सिन्धुलीमा मुसलधारे पानी परेपछि बाढीको चेतावनी




काठमाण्डौ । अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो ।

विशेष गरेर कोशी, बाग्मती, गण्डकी र लुम्बिनीका केही ठाउँमा अहिले ठूलो पानी परिरहेको छ । दाङ, बाँके, कास्की, गोरखा, चितवन, सिन्धुली, नुवाकोट, बारा, सोलुखुम्बु, इलाम लगायतका ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै सिन्धुलीको सिन्धुलीमाडी र सिन्धुलीगढी क्षेत्रमा मुसलधारे पानी परेको छ । स–साना खोलामा जलसतह केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको हुनाले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । देशैभर एकैसाथ ठूलो पानी पर्ने र झरीको सम्भावना नभए पनि ठाउँठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।

भोलि पनि काठमाण्डौ सहितका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

प्रकाशित मिति : २०८०, २६ भाद्र मंगलबार  ५ : १२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना