२०८२, २५ मंसिर बिहीबार

उपाध्यक्ष नेम्वाङको निधन भएपछि एमालेको सचिवालय आकस्मिक बैठक बस्दै

उपाध्यक्ष नेम्वाङको निधन भएपछि एमालेको सचिवालय आकस्मिक बैठक बस्दै


काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठक आज बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । गए राति नेता नेम्वाङ हृदयाघातका कारण निधन भएको हो । उनको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

नेकपा एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए । ‘पार्टी र पार्टी जनसंगठन सम्बद्ध कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ’, नेता ज्ञवालीले भने । पार्टी उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङको निधन भएपछि एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगन गरेको हो ।

३नेकपा एमाले

प्रकाशित मिति : २०८०, २६ भाद्र मंगलबार  ९ : २६ बजे

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ

टपक्क टाँसिदिएको, फेद-टुप्पो नभएको सरकार : ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई

लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दियो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास