२०८३, २५ भाद्र शुक्रबार

सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको भन्दै कर्मचारीले गरे विमानस्थल भन्सारका सेवा ठप्प

सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको भन्दै कर्मचारीले गरे विमानस्थल भन्सारका सेवा ठप्प


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आज भन्सार जाँचपास ठप्प पारेका छन् ।

२ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको उनीहरुको भनाइ छ । विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प भएको एक जना भन्सार अधिकृतले बताए ।

‘हामीले हिजै आन्दोलनका कार्याक्रम घोषणा गरेका हौं । हिजो पेन डाउन गर्‍यौं,’ ती अधिकृतले भने, ‘आजबाट सेवा ठप्प पारेका छौं । औषधि बाहेकको भन्सार जाँचपास आज हुँदैन ।’ भोलि पनि सेवा अवरुद्ध हुने ती अधिकृतले बताए ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  १ : ३८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको