२०८२, २० चैत्र शनिबार

काठमाडौं तराई मधेश दु्रतमार्गको २६ प्रतिशत काम सम्पन्न : नेपाली सेना

काठमाडौं तराई मधेश दु्रतमार्गको २६ प्रतिशत काम सम्पन्न : नेपाली सेना



काठमाडौं । नेपाली सेनाले, काठमाडौं तराई मधेश दु्रतमार्ग निर्माणमा अहिलेसम्म २६ दशमलव १४ प्रतिशत प्रगति भएको जानकारी दिएको छ ।
आज जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले आर्थिक वर्ष २०८० —८१को श्रावण मसान्त सम्म द्रुत मार्ग निर्माणको प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जानकारी दिएको हो । आयोजनाको करिव ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको जनाएको सेनाले खोकना ईलाकामा द्रुतमार्गको शुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धि निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया शुरु गर्ने गरी तयारी हालतमा रहेको आयोजना प्रमुख प्राविधिक उपरथी कमल विक्रम शाहले जानकारी दिए ।
त्यस्तै हालसम्म निर्माणाधिन तीन वटा सुरुङ्गमार्गहरुको जम्मा लम्बाई ६.४१५ किलोमिटर मध्ये २.६६७ किलोमिटर अर्थात ४१.५७ प्रतिशत सुरुङ निर्माण कार्य सम्पन्न भएको सेनाले जनाएको छ ।
त्यस्तै ८ महादेवटार सुरुङ्गमार्गको जम्मा लम्बाई ३.३५५ किलोमिटर मध्ये हालसम्म १.३८७ किलोमिटर सुरुङ्ग निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।
त्यस्तै आयोजनाको समष्टिगत कार्य योजना अन्र्तगतका ११ वटा कलस्टर मध्ये १३ वटा निर्माण प्याकेजका ७ वटा सम्पन्न भएको सेनाले जनाएको छ ।
त्यस्तै, आयोजनाको समष्टिगत वितीय प्रगति मोबिलाइजेशन सहित २८ दशमलव ११ प्रतिशत रहेको सेनाले जनाएको छ । आयोजनाअन्तर्गत तीनवटा सुरुङहरुको जम्मा लम्बाइ ६ दशमलव ४१५ मिलोमिटरमध्ये २ दशमलव ६६७ किलोमिटर अर्थात ४१ दशमलव ५७ प्रतिशत काम भएको सेनाले जनाएको छ ।
त्यस्तै खोकना क्षेत्रमा द्रुत मार्गको सुरु विन्दु निर्धारण गरी सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधानपश्चात खरिद प्रक्रिया सुरु गर्ने तयारी अवस्थामा रहेको आयोजना प्रमुख ्शाहले जानकारी दिए ।
त्यस्तै सेनाले सैनिक कल्याणकारी कोषमा २०८० असार मसान्तसम्ममा ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ जम्मा भएको जनाएको छ । कोषमा यस वर्ष १३.३४ प्रतिशत अर्थात् ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको हो । त्यस्तै कोषको यथार्थ सम्पत्ति ७७ अर्ब ६१ करोड १ लाख रुपैयाँ पुगेको जनाएको छ । त्यसमध्ये ६ अर्ब ५५ करोड ४० लाख रुपैयाँ कोषले विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

नेपाली सेनाको जंगीअड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका सहायक रथी किरण केसीले २०७९ असार मसान्तसम्म कोषको नगद मौज्दात ६२ अर्ब ६८ करोड ८९ लाख रहेकोमा यस वर्ष ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको बताए ।
सेनाको माज्दातमध्ये विघटनमा गएको युनाइटेड विकास बैंकको सम्पत्ति बाँकी नरहेकाले कोषले प्राप्त गर्नुपर्ने मध्ये एक करोड ५७ लाख रुपैयाँ असुली उच्च जोखिममा रहेको पनि सेनाले जनाएको छ । १० वर्षअघि सेनाको कोषमा २३ अर्ब रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  ९ : ४८ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।