२०८१, १० फाल्गुन शनिबार

हिमालय एयरलाइन्सद्वारा आजबाट चीनको छिङ्दाओ शहरमा उडान सुरु

हिमालय एयरलाइन्सद्वारा आजबाट चीनको छिङ्दाओ शहरमा उडान सुरु


काठमाडौं । हिमालय एयरलाइन्सले चीनको छिङ्दाओ शहरमा सिधा उडान सुरु गरेको छ ।

आइतबार काठमाडौंको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमार्फत् एयरलाइन्सका उपाध्यक्ष विजय शर्माले आजबाट हिमालय एयरलाइन्सले चीनको छिङ्दाओ शहरमा उडान सुरु गरेको जानकारी दिए ।

कार्यक्रममा संस्कृति पर्यटन नागरिक उड्ययनमन्त्री सुदन किराँतीले आर्थिक र प्राकृतिक रुपले धनि शहर छिङ्दाओमा पहिलोपट उडान सुरु हुनु खुसीको विषय रहेको भन्दै बढी भन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन उडानले सहयोग पुग्ने विश्वास व्यक्ति गरे । 

किरातीले भने, ‘खासगरी चिनियाँ ग्रामिण समाजको संस्कृति र नेपाली संस्कृति धेरै मिल्दोजुल्दो छ भनेर त्यहाँका अध्याताहरुले दाबी गर्ने गर्छन् । वास्तवमा चिनियाँ नागरिकहरुलाई पाहँुनाको रुपमा नेपालमा धेरै भित्र्याउन सके उनीहरुलाई हाम्रो ग्रामिण जिवन र ग्रामिण संस्कृतिको जरासम्म पुर्याउन सके हाम्रो नेपालको पर्यटन क्षेत्रमा एउटा नयाँ गन्तव्य बन्न सक्ने विस्वास छ । यो उडानले धेरै भन्दा धेरै चिनियाँ पाहुनाहरु यहाँ आउनुहुने छ ।’

साथै उनले एयरलान्स क्षेत्रको विकास गर्दै काठमाडौं –पोखरा,पोखराबाट चाइनाको विभिन्न शहर र पोखराबाट काठमाडौं हुदै चाइना जानेसम्मको उडान गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  ११ : ५६ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,