२०८२, २७ मंसिर शनिबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त




काठमाण्डौ । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

सर्वोच्च अदालतको परमादेशअनुसार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्की प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बन्नुभएको हो ।

यसअघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका उद्धव थापाले प्राप्त गरेको विश्वासको मत सर्वोच्चले अदालतले बदर गरेको थियो । संविधानको धारा १६८ को उपधारा २ बमोजम संयुक्त सरकारका मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न नसकेको ठहर भएपछि उपधारा ३ बमोजिम कार्की मुख्यमन्त्री बन्नुभएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कार्कीले एमालेका तिलकुमार मेन्याङ्वोलाई ऊर्जा, पाँचकर्ण राईलाई वन, एकराज कार्कीलाई भौतिक पूर्वाधार मन्त्री र सृजना राईलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । मन्त्री र राज्यमन्त्रीले पनि आजै शपथ लिएका छन् ।

मुख्यमन्त्री कार्कीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । हिजो सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको सरकारलाई अवैधानिक ठहर गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । कार्की दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको छ । कोशी प्रदेशमा प्रदेशसभा चुनाव भएको नौ महिनामा चार पटक मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रकाशित मिति : २०८०, २२ भाद्र शुक्रबार  ७ : २५ बजे

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ