२०८२, १८ माघ आईतबार

दक्षिण एशियामा गरिबी निवारण परियोजना ल्याउन चीनलाई एमाले महासचिवको आग्रह

दक्षिण एशियामा गरिबी निवारण परियोजना ल्याउन चीनलाई एमाले महासचिवको आग्रह


बेइजिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चिनियाँ नेताहरुलाई विश्व शान्ति स्थापनाको लागि दक्षिण एशियामा गरिबी निवारण कार्यक्रम र परियोजना सञ्चालन गर्न सुझाव दिएका छन् ।

विश्व र दक्षिण एशियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्लेख गर्दै त्यसका लागि चीनले गरिबी निवारणका लागि काम गर्नुपर्नेमा जोड दिएका हुन् । बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश विभागमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ निर्माण व्यवसायीहरुले बनाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिधा उडानका लागि आग्रह गरे ।

खभत ज्ञ
उनले नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० वटा औद्योगिक क्षेत्रहरु तोकेर देशलाई औद्योगीकरणमा लैजाने योजना बनाएको जानकारी दिंदै चिनियाँ उद्योगीहरुलाई नेपालमा लगानीका लागि आग्रह पनि गरे ।
महासचिव पोखरेलले चिनियाँ कम्युनष्टि पार्टीका महासचिव राष्ट्रपति सी जिनपिङको नेतृत्वमा नयाँ युगका लागि चिनियाँ विशेषतासहित समाजवाद स्थापनाका लागि सफलतापूर्वक रुपमा अघि बढेको देख्दा खुशी लागेको बताएका छन् । उनले भने, ‘महासचिव सीको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनामा चीन सफलतापूर्वक अघि बढेको देख्दा हामीलाई खुशी लागेको छ ।’

उनले नेकपा ९एमाले० ले पनि मार्क्सवादको नयाँ सिर्जनात्मक अभ्यास गरिरहेको जानकारी दिंदै चिनियाँ कम्युनिष्ट पार्टीले गरेको अभ्यास र एमालेले गरेको अभ्यासको आदानप्रदानमा जोड दिए । उनले भने, ‘दुबै पार्टीले गरेको अनुभव र अभ्यासको आदानप्रदान जरुरी छ । त्यसले भबिष्यमा दुई पार्टीबीचको सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेछ ।’

महासचिव पोखरेलले नेकपा ९एमाले० लाई बलियो राष्ट्रिय शक्ति बनाउने लक्ष्यसहित मिसन ग्रासरुट अभियानपछि मिसन–२०८४ अभियान चलाइरहेको जानकारी दिए । उनले आगामी २०८४ सालमा नेकपा ९एमाले० लाई बहुमतसहितको पार्टी निर्माणको योजनासहित काम गरिरहेको बताएका थिए । कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका दक्षिण एशिया व्युरोका डाइरेक्टर जनरल पिङसिउपिनले नेकपा ९एमाले० सँग चिनियाँ कम्युनिष्ट पार्टीको गहिरो र घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै इमानदारिताको साथ गहिरो सम्बन्ध जारी राख्ने बताए ।

उनले महासचिव पोखरेलको उच्चस्तरीय भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको बताएका थिए । उनले भने, ‘महासचिव ज्यूको भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको छ । त्यसको अनुभूति तपाईहरुले गर्नुभयो भन्ने हाम्रो विश्वास छ ।’ नेता सिउपिनले सबैभन्दा व्यवस्थित संगठन भएको पार्टीको रुपमा एमालेलाई पाएको समेत बताए । उनले दुई पार्टीबीचको अनुभव र विचार नियमित रुपमा आदनप्रदानमा जोड दिए ।

महासचिव पोखरेल नेतृत्वको उच्चस्तरी भ्रमण दल विहीबार साझ छोङछिङबाट बेइजिङ आइपुगेको हो । छोङछिङमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनलगायतका नेताहरुसँग भेट गरेका थिए । बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका उच्च नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८०, २२ भाद्र शुक्रबार  ७ : ५८ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।