२०८३, २० आश्विन बुधबार

प्रधानमन्त्री र गृहमन्त्रीलाई गगन थापाको प्रश्न : अब काठमाडौंमा एक्लै हिंड्न नमिल्ने हो ?

प्रधानमन्त्री र गृहमन्त्रीलाई गगन थापाको प्रश्न : अब काठमाडौंमा एक्लै हिंड्न नमिल्ने हो ?


काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब काठमाडौंमा एक्लै हिँड्न नमिल्ने हो भनेर सरकारलाई प्रश्न गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाबारे सरकारले जवाफ दिनुपर्ने बताएका हुन् । उनले दिनदहाडै काठमाडौंमै कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार हुनु सामान्य घटना नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
बुधबार दिउँसो कांग्रेस सहमहामन्त्री यादवमाथि रिपोटर्स क्लबबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएको थियो । ‘सन्काहाले सन्काहमा हान्यो भनिँदैछ, घटना थामथुम पारिँदैछ । कांग्रेसका तर्फबाट सरकारको सचेत र ध्यानाकर्षण गराउन चाहन्छु । यो घटना किन र कसरी भयो, राम्रोसँग अनुसन्धान होस्,’ थापाले भने ।
संविधानसभा सदस्य सदस्य सार्वजनिक कार्यक्रमबाट सहभागी भएर फर्किदै गर्दा ऊ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यसले बोल्नु पर्छ कि पर्दैन भनेर उनले प्रश्न गरे । ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु एक्लै हिँड्न नमिल्ने हो रु कोही जलाउँछु भन्छ, कोही दिउँसै खुकुरी हान्छु भन्छ,’ उनले भने ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  २ : १५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको