२०८३, २२ आश्विन शुक्रबार

डेंगुबाट काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

डेंगुबाट काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन


काठमाडौं । काठमाडौं महानगरपालिका– १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिएका छन् ।

डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको पुष्टि कांग्रेस नेतृ सिर्जना सिंहले पनि गरेकी छन् । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुन् । रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए । अध्यक्षमा निर्वाचित भएसँगै उनले फोहोर व्यवस्थापनको विषयमा दिएको एक अभिव्यक्ति निकै चर्चामा आएको थियो ।

फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन शाहसँग उनको चर्काचर्की पनि परेको थियो । पछि मेयर शाह रिजाललाई भेट्न उनकै निवास पुगेका थिए । सामाजिक सञ्जालमा समेत निकै सक्रिय रिजालले जनप्रतिनिधिहरुको तलब सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  ९ : २९ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १