२०८२, २३ पुस बुधबार

मानव बेचबिखन तथा ओसारपसार गर्नेविरुद्ध होऔँ : अध्यक्ष ओली

मानव बेचबिखन तथा ओसारपसार गर्नेविरुद्ध होऔँ : अध्यक्ष ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार गर्नेविरुद्ध एकजुट हुन सबैमा आह्वान गरेका छन्।

आज ‘मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस’का अवसरमा उनले दिएको सन्देशमा मानव सभ्यताको कलंकका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना र सक्रियता आवश्यक रहेको उल्लेख गरेका छन् । मानव सभ्यताको कलङ्कका रूपमा रहेको मानव बेचबिखनको नियन्त्रण तथा त्यस अपराधका पीडित प्रभावितको उद्धार, पुनःस्थापना स्वदेश फिर्ती, सामाजिक पुनःमिलन र न्यायमाथि उनीहरूको पहुँच सुनिश्चित गर्न कानुनी प्रबन्ध मात्रले पुग्दैन’, अध्यक्ष ओलीद्वारा जारी सन्देशमा भनिएको छ, ‘त्यसका लागि सचेत सामाजिक अभियान र दबाबको आवश्यकता पर्दछ । मानव बेचबिखनका घटनाको नियन्त्रणका लागि आवश्यक कानुनको संशोधन, परिमार्जन गर्न र मानव बेचबिखन नियन्त्रणका लागि भरपर्दो संरचनागत आधार निर्माण गर्न सरकार अग्रसर रहनु पर्दछ ।’

अन्तरदेशीय संगठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारका घटना अहिले पनि कम हुन नसकेको उल्लेख गर्दै उनले नेपालमा पनि अमानवीय समस्याबाट प्रभावित भएको र अपराधजन्य यस कार्यका संलग्न पक्षले समाजमा रहेको गरिबी, बेरोजगारी र पछौटेपनको फाइदा उठाइरहेको अध्यक्ष ओलीको भनाइ छ ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  १० : ५४ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय