२०८२, ४ कार्तिक सोमबार

माछापुच्छ्रे बैंकले घोषणा गर्‍यो लाभांश

माछापुच्छ्रे बैंकले घोषणा गर्‍यो लाभांश


काठमाडौँ । यो वर्ष लाभांश घोषणा गर्नेमा माछापुच्छ्रे बैंक पहिलो भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि १४ प्रतिशत लाभांश घोषणा गरेको हो

बैंकले १३।३ प्रतिशत बोनस सेयर र बाँकी ०.७ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश घोषणा गरेको हो । विगत ९ वर्षको इतिहास हेर्दा बैंकले हरेक वर्ष दोहोरो अंकमा लाभांश दिँदै आएको छ ।

बैंकले ९ वर्षमा अधिकतम २१.८४ देखि न्यूनतम १० प्रतिशतसम्म लाभांश दिएको छ । बैंकले सबैभन्दा बढी आर्थिक वर्ष २०७२र७३ मा २१.८४ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस २०.७५ प्रतिशत थियो भने नगद १.०९ प्रतिशत थियो ।

बैंकले आव २०७० र ७१ मा १२.६३ प्रतिशत लाभांश लिँदा बोनस १२ र नगद ०.६३ प्रतिशत नगद दिएको थियो । बैंकले आर्थिक वर्ष २०७१र७२ मा १६.८४ प्रतिशत लाभांश दिएको थियो, जसमा बोनस १६ र नगद ०.८४ प्रतिशत थियो ।

आव २०७३र७४ मा १५ प्रतिशत लाभांश दिँदा बोनस ९ र नगद ६ प्रतिशत लाभांश थियो भने ७४र७५ मा १० प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले आव २०७५र७६ मा १६ प्रतिशत लाभांश दिँदा ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिएको थियो भने २०६७र७७ मा ७.०३ प्रतिशत बोनस तथा ३.३७ प्रतिशत नगद गरी १०.४ प्रतिशत लाभांश प्रदान गरेको थियो ।

बैंकले २ वटा आर्थिक वर्षमा भने १४-१४ प्रतिशत लाभांश दिएको छ । आव २०७७र७८ र २०७९र८० मा १४-१४ प्रतिशत लाभांश दिँदा १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद दिएको हो । २०७८र७९ मा बैंकले लाभांश वितरण गर्न पाएको थिएन ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  १२ : १० बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,