२०८३, २६ आश्विन मंगलबार

माछापुच्छ्रे बैंकले घोषणा गर्‍यो लाभांश

माछापुच्छ्रे बैंकले घोषणा गर्‍यो लाभांश


काठमाडौँ । यो वर्ष लाभांश घोषणा गर्नेमा माछापुच्छ्रे बैंक पहिलो भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि १४ प्रतिशत लाभांश घोषणा गरेको हो

बैंकले १३।३ प्रतिशत बोनस सेयर र बाँकी ०.७ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश घोषणा गरेको हो । विगत ९ वर्षको इतिहास हेर्दा बैंकले हरेक वर्ष दोहोरो अंकमा लाभांश दिँदै आएको छ ।

बैंकले ९ वर्षमा अधिकतम २१.८४ देखि न्यूनतम १० प्रतिशतसम्म लाभांश दिएको छ । बैंकले सबैभन्दा बढी आर्थिक वर्ष २०७२र७३ मा २१.८४ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस २०.७५ प्रतिशत थियो भने नगद १.०९ प्रतिशत थियो ।

बैंकले आव २०७० र ७१ मा १२.६३ प्रतिशत लाभांश लिँदा बोनस १२ र नगद ०.६३ प्रतिशत नगद दिएको थियो । बैंकले आर्थिक वर्ष २०७१र७२ मा १६.८४ प्रतिशत लाभांश दिएको थियो, जसमा बोनस १६ र नगद ०.८४ प्रतिशत थियो ।

आव २०७३र७४ मा १५ प्रतिशत लाभांश दिँदा बोनस ९ र नगद ६ प्रतिशत लाभांश थियो भने ७४र७५ मा १० प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले आव २०७५र७६ मा १६ प्रतिशत लाभांश दिँदा ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिएको थियो भने २०६७र७७ मा ७.०३ प्रतिशत बोनस तथा ३.३७ प्रतिशत नगद गरी १०.४ प्रतिशत लाभांश प्रदान गरेको थियो ।

बैंकले २ वटा आर्थिक वर्षमा भने १४-१४ प्रतिशत लाभांश दिएको छ । आव २०७७र७८ र २०७९र८० मा १४-१४ प्रतिशत लाभांश दिँदा १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद दिएको हो । २०७८र७९ मा बैंकले लाभांश वितरण गर्न पाएको थिएन ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  १२ : १० बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल