२०८२, ४ कार्तिक सोमबार

ग्लोबल आईएमई बैंकले ल्यायो क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालनमा

ग्लोबल आईएमई बैंकले ल्यायो क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालनमा


ग्लोबल आईएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ ।

मेसिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत् ग्लोबल आईएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिने भएको छ । बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाण्डौ उपत्यकामा कमलादी र न्युरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ । यस्तै, काठमाण्डौ उपत्यकाभित्र कमलादी, न्युरोड, कुलेश्वर तथा काठमाण्डौ उपत्यका बाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो ।

बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा बैंक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले मेसिनको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपभोक्ताको आकाङ्क्षा अनुरुप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए ।

उनले ग्लोबल आईएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको बताउँदै आजको यो मेसिन उद्घाटन पनि त्यसकै उदाहरण भएको बताए ।

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  ११ : ३२ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,