२०८२, २३ पुस बुधबार

नासाको स्पेसएक्स क्रू–६ छ महिनापछि पृथ्वीमा सुरक्षित अवतरण

नासाको स्पेसएक्स क्रू–६ छ महिनापछि पृथ्वीमा सुरक्षित अवतरण


काठमाडौं । अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन नासाले स्पेसएक्स ड्रागन अन्तरिक्ष यानमा सवार आफ्नो स्पेसएक्स क्रू–६ का अन्तरिक्ष यात्रीहरु सोमबार बिहानै दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित अवतरण गरेको जनाएको छ ।

नासाका अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, संयुक्त अरब इमिरेट्स ९यूएई० का अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रूसको राष्ट्रिय अन्तरिक्ष निगमका अन्तरिक्ष यात्री आन्द्रे फेदयाएभसहित चार सदस्यीय अन्तर्राष्ट्रिय चालक दल फ्लोरिडाको तटमा सोमबार राति १२ः१७ बजे प्यारासुटको सहयोगमा पृथ्वीमा सकुशल अवतरण गरेको हो ।

अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस० बाट ग्रीनविच समय अनुसार आइतबार ११ः०५ मा छुटेको थियो । मार्च २ मा फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको यो मिसन अर्को दिन आईएसएसमा जोडिएको थियो ।

चालक दलका सदस्यहरू छ महिनादेखि आईएसएसमा बसेर काम गरिरहेका थिए । नासाका अनुसार मिसनको क्रममा चालक दलले पृथ्वीको तल्लो कक्षभन्दा बाहिर अन्वेषणका लागि तयारी गर्न र पृथ्वीमा जीवनलाई फाइदा पु¥याउन सयौं प्रयोग र प्रविधि प्रदर्शनहरूमा योगदान पु¥याएका थिए ।

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  ७ : ४२ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय