२०८३, २३ जेष्ठ आईतबार

गरिमा क्यापिटलको तीज विषेश कार्यक्रम

गरिमा क्यापिटलको तीज विषेश कार्यक्रम


काठममाडौं । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा गरिमा क्यापिटलले तीज विषेश कार्यक्रम गर्ने भएको छ । बैकले

गरिमा क्यापिटलले तीज महोत्सव यो वर्ष “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गर्ने भएको हो ।

गरिमा क्यापिटलका अनुसार नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भदौ १७ गते देखि असोज ५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना हुने जनाएको छ ।

सेल्फी प्रतियोगितामा भाग लिनको लागि नियम तथा सर्तहरु लागू गरेको छ । इच्छुक सम्पूर्ण महानुभावहरुले यस प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ ।
सहभागीहरुले परम्परागत पोशाकमा लिनुभएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको “ “Mentions”  ” मा पोष्ट गर्नुपर्नेछ ।
फोटो पोष्ट गर्दा निम्न ह्यासट्यागहरू समावेश गर्नुपर्नेछः

#GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited

सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।

अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी निम्नानुसार नगद उपहार प्रदान गरिनेछ ।
– प्रथम – रु ३०००
– द्वितीय – रु २,०००
– तृतीय – रु १,०००

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  २ : ५४ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति