२०८३, ७ कार्तिक शनिबार

कुखुरा पालक किसानका लागि खुशीको खबर ! कुखुराको मासुको भाउ ह्वात्तै बढ्यो

कुखुरा पालक किसानका लागि खुशीको खबर ! कुखुराको मासुको भाउ ह्वात्तै बढ्यो

काठमाडौं उपत्यकामा दैनिक ५ लाख किलो कुखुराको मासु खपत


काठमाडौं २८ बैशाख : तारकेश्वर नगर काभ्रेस्थली–२ का प्रकाश अधिकारीले कुखुरा पालन गरेको पाँच वर्ष भयो। उनलाई अहिले पहिलो पटक आफूले सोचेको मूल्य पाएझैं लागेको छ।

पहिला कुखुरा बेच्दा लागत मूल्य पनि उठ्दैन थियो। लागत मूल्य आए पनि उनले गरेको मेहनतको लागत आउँदैन थियो। तर वैशाखमा कुखुराको मूल्य अकासिन थालेपछि उनलाई अचम्म लागेको छ ।

वैशाख मध्यसम्म जिउँदो कुखुरा किलोको तीन सय रूपैयाँमा बेचेका उनले अहिले तीन सय दस रूपैयाँ किलोमा बेचिरहेका छन्। पहिले त यसरी कहिल्यै मूल्य बढ्ने गरेको थिएन। प्रतिकिलो तीन सय दस रूपैयाँमा बेचेको त पहिलो पटक हो। मूल्य बढेको देख्दा त सानै कुखुरा पनि बेचौं झैं लाग्ने रहेछ, अधिकारीले भने अधिकारीले दुइटा फार्ममा कुखुरा पालन गरेका छन्। फर्ममा दुई हजारदेखि २५ सय वटासम्म चल्ला अटाउँछन्। एउटा फार्मको कुखुरा बेचेर नयाँ चल्ला हालेका छन् भने अर्को फार्ममा चार–पाँच सय हाराहारी कुखुरा बाँकी छन्। सो फार्ममा भएका एक हजार पाँच सय कुखुरा दुई९तीन दिनअघि मात्रै बेचेका हुन्।

यसरी धमाधम राम्रो भाउमा कुखुरा बिक्दा उनी खुसी छन्। अहिले मूल्य बढी पाए पनि पछि ह्वात्तै घट्ने हो कि भन्ने चिन्ता भने छ। वैशाखमा मूल्य कहिल्यै बढेको थिएन। अहिले किन बढेको हो थाहा छैन, अधिकारीले भने, चुनावले होला। चुनावपछि धेरै मूल्य घट्यो भने अहिले फाइदा हुनुको अर्थै हुँदैन ।

के चुनावपछि कुखुराको भाउ घट्छ ? 

चुनावपछि भाउ घट्ने वा बढ्नेबारे अहिले केही भन्न नसकिने राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसी बताउँछन् । यो बजारमा भर पर्ने कुरा हो। माग बढ्यो भने मूल्य बढ्छ, घट्यो भने घट्छ, उनले भने। बिसीका अनुसार वैशाख २४ गतेदेखि जिउँदो कुखुराको मूल्य किलोको तीन सय दस रूपैयाँ बनाइएको हो। त्यसको अघिल्लो दिनसम्म तीन सय रूपैयाँ थियो। अहिले कुखुरा मासुको माग ह्वात्तै बढ्नुमा चुनाव नै कारण भएको उनले बताए।

काठमाडौं उपत्यकामा भने सामान्य अवस्थाको तुलनामा कुखुरा मासुको खपत बढेको छैन। धेरै मान्छे भोट हाल्न भन्दै आफ्नो गाउँघर गएका छन्। सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक ५ लाख किलो कुखुराको मासु खपत हुन्छ। तर पनि अहिले दैनिक चार लाख किलो हाराहारी बिकिरहेको उनले जानकारी दिए।

यसलाई खपत बढेकै मान्नुपर्छ, बिसीले भने, अहिले धेरै मान्छे बाहिरिँदा पनि काठमाडौंमा दैनिक झन्डै चार लाख किलो बिक्री भइरेहको छ । बाहिरी जिल्लामा भने कुखुरा मासु खपत ३० प्रतिशतभन्दा धेरै बढेको छ। सामान्य अवस्थामा जिल्लामा दैनिक ३ लाख किलो खपत हुँदा अहिले चार लाख किलो हाराहारी छ। काठमाडौंबाट मान्छेहरू बाहिरिने क्रम चलिरहेकैले खपत अझै बढ्ने अनुमान उनको छ ।

जिउँदो कुखुराको मात्रै होइन, काटेको मासुको मूल्य पनि अहिले बढेको छ। पहिले बढीमा साढे तीन सय रूपैयाँसम्म पुग्ने मासु अहिले प्रतिकिलो चार सय ३० रूपैयाँ पुगेको छ। अध्यक्ष बिसीका अनुसार चार दिनअघि कुखुराको काटेको मासु किलोको चार सय १५ रूपैयाँ थियो। अहिले किलोमा १५ रूपैयाँ बढेर चार सय ३० पुगेको छ ।

प्रतिकिलो चार सय ३० रूपैयाँ त संघले तोकेको मूल्य मात्रै हो। खुद्रा बजारमा ग्राहकले प्रतिकिलो चार सय पचास रूपैयाँसम्म पनि तिरिरहेका छन् । भ्याली कोल्ड स्टोरका सञ्चालक हरि कृष्ण रावल भने कुखुरा मासुको उत्पादन र मागको तालमेल नमिल्दा मूल्य बढेको बताउँछन् । किसानले गर्ने उत्पादनको मात्रा पहिलाकै हो, माग भने बढ्यो, रावलले भने, माग धान्न गाह्रो परेको छ तर नपुगेकै चाहिँ होइन। स्थानीय तहको चुनाव सकिएपछि बजार पहिलेकै अवस्थामा आउने उनी बताउँछन्।

सुनिता सिटौला
सेतोपाटी.डट कमबाट साभर

प्रकाशित मिति : २०७९, २८ बैशाख बुधबार  ४ : २७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना