२०८२, १८ भाद्र बुधबार

ओमिक्रोनको लक्षण कसरी चिन्ने ?

ओमिक्रोनको लक्षण कसरी चिन्ने ?


जनकपुरधाम , ४ माघ :  विश्व स्वास्थ्य संगठनले उच्च ज्वरो, लगातार खोकी र गन्ध तथा स्वाद थाहा नपाउनेजस्ता लक्षणलाई कोभिडका मुख्य लक्षणको रूपमा परिभाषित गर्दै आएको छ । तर, तेस्रो लहर भित्र्याएको ओमिक्रोनको लक्षण डेल्टाको भन्दा फरक रहेको पछिल्ला सर्वेक्षणहरूले देखाएका छन् ।

अधिकांश संक्रमितमा घाँटी दुख्ने र टाउको दुख्नेजस्ता सामान्य लक्षण मात्रै देखिएका छन् । स्वाद वा गन्ध हराउने, ज्वरो आउनेजस्ता समस्या ५० प्रतिशतमा देखिएको बेलायतका वैज्ञानिकहरूको एक सर्वेक्षणले देखाएको छ । ढाड दुख्ने, थकित महसुस हुने, शरीर मन्द तात्ने, वाकवाकी लाग्ने, पखाला लाग्नेजस्ता लक्षण देखिएका छन् । रुघाखोकीको सामान्य लक्षण खोकि लाग्ने, घाँटी खसखस गर्ने हुन्छ ।

श्वास–प्रश्वासमा समस्या नहुँदा अधिकांशले यसलाई बेवास्ता गरिरहेको बताउँछन् वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन  ‘सामान्य लक्षण देखिनु सकारात्मक पक्ष हो, तर भाइरल लक्षणहरूलाई बेवास्ता गर्दा गम्भीर समस्या निम्तिन सक्छ,’ उनी भन्छन् ।

लक्षण सामान्य हुँदा विश्वमै बिरामीको अस्पताल भर्नादर निकै कम छ । नेपालमा दैनिक परीक्षणको आधारमा संक्रमणदर ३८.६ प्रतिशत पुगेको छ । तर, हालसम्म सक्रिय संक्रमितको आधारमा अस्पताल भर्नादर चार प्रतिशतभन्दा कम छ । सोमबारसम्मको विवरणअनुसार देशभर सक्रिय संक्रमितको संख्या ३० हजार आठ सय ७७ पुग्दा उपचारका लागि एक हजार एक सय ७२ जना मात्रै अस्पतालमा उपचाररत छन् ।

सामान्य लक्षण मात्रै देखिएकाले अस्पताल भर्नादर नबढेको डा. नीरज बम बताउँछन् । उनका अनुसार श्वास–प्रश्वासमा समस्या र निमोनियाका लक्षण निकै कममा देखिएको छ । नेपालमा मात्र नभई उच्च संक्रमण रहेको भारतमा समेत बिरामीको अस्पताल भर्नादर न्यून रहेको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

 

प्रकाशित मिति : २०७८, ४ माघ मंगलबार  १ : २७ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना