२०८३, ७ कार्तिक शनिबार

भक्तपुरबाट ५३ किलो गाँजासहित तीन जना पक्राउ

भक्तपुरबाट ५३ किलो गाँजासहित तीन जना पक्राउ


भक्तपुर २ माघ :  भक्तपुर प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका(५ का ३७ वर्षीय लक्ष्मीनारायण देउला, सूर्यविनायक नगरपालिका(८ का ५८ वर्षीया प्रिती तामाङ र ५२ वर्षीय खड्गबहादुर तामाङ छन् ।

शुरुमा भक्तपुर नगरपालिका( ७ खसी बजार पुल हाउस नजिकबाट ५६ ग्राम गाँजासहित देउलालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । देउलामाथि थप अनुसन्धान गर्ने क्रममा प्रिती र खड्गबहादुर पक्राउ परेका परिसरका डिएसपी राजु पाण्डेले जानकारी दिए । प्रहरीले प्रितीको साथबाट ४८ किलो चार सय ५० ग्राम र खड्गबहादुरको साथबाट चार किलो ५२६ ग्राम गाँजा बरामद गरेको छ ।

प्रकाशित मिति : २०७८, २ माघ आईतबार  ८ : १३ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने