२०८३, २० आश्विन बुधबार

कोइला बाली झ्याल ढोका थुनेर बस्दा एकै घरका चार जनाको मृत्यु

कोइला बाली झ्याल ढोका थुनेर बस्दा एकै घरका चार जनाको मृत्यु


सुर्खेत २ माघ  :  वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकै घरका चार जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा शिवालय गाउँपालिका(४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट आज घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

शनिबार बेलुका सूचना पाउने वित्तिकै त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन । रासस

प्रकाशित मिति : २०७८, २ माघ आईतबार  ७ : ५८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको