२०८२, १८ भाद्र बुधबार

मलेसियामा रोजगारी खुल्यो, यस्ता छन् नयाँ नियम

मलेसियामा रोजगारी खुल्यो, यस्ता छन् नयाँ नियम


काठमाडौं, १० कात्तिक : कोरोना भाइरस महामारी शुरु भएयता नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेको मलेसियाले आंशिक रूपमा यो खुला गरेको छ । मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा मलेसियाका गृहमन्त्री हमजाह जैनउद्दिनले विदेशबाट श्रमिक ल्याउन इच्छुक जो रोजगारदाताले सबै खर्च बेहोर्नुपर्ने बताए ।

उनले भने, ‘यो खर्चमा लेबी भुक्तानी र क्वारेन्टाइनको खर्च समेत जोडिएको छ ।’ काठमाडौंस्थित मलेसियाली दूतावासले पनि नेपाली श्रमिक लैजाने बाटो खुलाइएको जानकारी दिएको छ । कोरोना महामारी शुरु भएपछि मलेसियाले २०७६ चैत पहिलो साताबाट नेपाली श्रमिक लैजान बन्द गरेको थियो ।

अहिलेको नयाँ व्यवस्थाअनुसार मलेसिया पुगेपछि श्रमिक सरकारी अनुमति प्राप्त क्वारेन्टिनमा ७ दिन बस्नु पर्नेछ । यस्तै क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै श्रमिकले प्रवेश गर्न पाउने छन् ।

प्रकाशित मिति : २०७८, १० कार्तिक बुधबार  ८ : ३९ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना