२०८२, २४ मंसिर बुधबार

कपिलवस्तुमा झाडापखालाको प्रकोप : दुईको मृत्यु, सयौं बिरामी

कपिलवस्तुमा झाडापखालाको प्रकोप : दुईको मृत्यु, सयौं बिरामी


कपिलवस्तु, २० असोज :  कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वटा वडामा दशैंको मुखमा फैलिएको झाडापखालाले सयौं बिरामी परेका छन् । वडा ७, ८ र ९ मा गरी दुई सय बढी बिरामी परेका छन् ।

बहादुरगञ्जमा रहेको शिवराज अस्पतालमा अहिले ९६ जना बिरामीको उपचार भइरहेको छ । गम्भीर बिरामीमध्ये २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तौलिहवा र प्रादेशिक अस्पताल लुम्बिनी रिफर गरिएको छ । १३ जनालाई जिल्ला अस्पताल तौलिहवामा र सात जनालाई लुम्बिनीमा रिफर गरिएको शिवराज अस्पतालका डा। मुकेश चौधरीले जानकारी दिए ।

बिरामीको उपचारका लागि बेड अभाव भएको छ । अहिले कतिपय बिरामीको गाउँका निजी क्लिनिकमा उपचार भइरहेको छ । एउटै बेडमा दुई(तीन जना बिरामीलाई राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको डा। चौधरीले जानकारी दिए । शिवराज अस्पताल छेउमै रहेको स्कुलको कोठा तथा टेन्टमा समेत बेडको व्यवस्था गरिएको छ ।

झाडापखाला कसरी फैलियो भन्नेबारेमा अध्ययन भइरहेको र अहिलेसम्म रिपोर्ट प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

झाडापखालाका कारण कृष्णनगर–९ का पाँच वर्षका राज कश्यप र कृष्णनगर–८ का ४० वर्षका रामप्रसाद केबटको भने ज्यान गएको छ । उनीहरूको घरमै ज्यान गएको सूचना आएको शिवराज अस्पतालका डा। मुकेश चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८, २० आश्विन बुधबार  ८ : ०६ बजे

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे

स्वास्थ्य र शिक्षामा प्रभावकारी लगानी बिना समृद्धि सम्भव छैन : मन्त्री किरण थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवामा

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल