२०८२, १६ चैत्र मंगलबार

३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १७२२ जना निको हुँदा १९ जनाको मृत्यु

३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १७२२ जना निको हुँदा १९ जनाको मृत्यु

सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ जना


काठमाडौं, २३ साउन :   नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ८ हजार ६६ जनाको आरटी–पीसीआर गर्दा २२३१ जना र ४ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गर्दा ९८७ जना गरी आज ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख १२ हजार ७४० जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३८ जना पुगेको छ ।

अघिल्लो दिन २५ जना संक्रमितले ज्यान गुमाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ६ प्रतिशत हो । पछिल्लो समय निको हुनेको दर क्रमशः घट्दै गएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३६ लाख ७४ हजार ७०१ जनाको स्वाब ९नमूना० परीक्षण गरिएको छ भने अहिले ३५ हजार ४३२ जना आइसोलेसन र ४४३ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित मिति : २०७८, २३ श्रावण शनिबार  ९ : १२ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा