२०८२, ५ कार्तिक मंगलबार

एस्ट्राजेनेका खोप ८ लाख डोज शनिबार काठमाडौमा आइपुग्ने

एस्ट्राजेनेका खोप ८ लाख डोज शनिबार काठमाडौमा आइपुग्ने


काठमाडौं, २१ साउन :  जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये ८ लाख डोज खोप पर्सी शनिबार र आइतवार काठमाडौ ल्याइने भएको छ ।

भोलि र पर्सी जापानबाट ती खोप ढुवानी हुने काठमाडौंमा रहेको जापानी दूतावासले जनाएको छ । दुई दिनमा ८ लाख डोज खोप आउने खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ । गत असार २९ गते जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले कोभ्याक्स सुविधामार्फत नेपाललाई एस्ट्राजेनेकाको १६ लाख खोप दिने घोषणा गरेका थिए ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानले दिएको खोप तत्कालै उपयोग हुने आशा व्यक्त गरे । भारतमा निर्मित कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई यो खोप दिने सरकारको तयारी छ । कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका झण्डै १४ लाख ज्येष्ठ नागरिक दोस्रो डोजको पर्खाइमा रहेका छन् ।

प्रकाशित मिति : २०७८, २१ श्रावण बिहीबार  ९ : ३६ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,