२०८२, २५ कार्तिक मंगलबार

पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

२४ घण्टामा १ हजार ३७३ जना कोरोनामुक्त


काठमाडौँ, १४ साउन  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ९ हजार ५५५ र एन्टिजेन विधिबाट ४ हजार ४८७ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ३६५ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७ लाख ५० हजार २२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ५० हजार ६४५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेको छ ।

हालसम्म १५ लाख ४८ हजार ८०३ जनाले खोप लगाइसकेका छन् । २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८०७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १४ श्रावण बिहीबार  ७ : ४८ बजे

प्रतिगामी षडयन्त्रविरुद्ध एमालेद्वारा देशभर जनप्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले संविधान र लोकतन्त्रको रक्षाका लागि

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर

भारत-अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको