२०८२, १० फाल्गुन आईतबार

पछिल्लो २४ घण्टामा २,०५० ले जिते कोरोना, २,२३७ नयाँ थपिए, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २,०५० ले जिते कोरोना, २,२३७ नयाँ थपिए, १८ जनाको मृत्यु


काठमाडौं, १० साउन :  नेपालमा पछिल्लो २४ घण्टामा थप २,०५० कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २,२३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो कुल परीक्षणको १६ प्रतिशतभन्दा केही बढी हो । हिजो शनिवारको तुलनामा आज संक्रमण दर केही घटेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या सात लाख ३४ हजार ७९९ पुगेको छ ।

आज १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ७१३ पुगेको छ । यस्तै आज काठमाडौं उपत्यकामा ६२४ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४६८, ललितपुरमा ८९ र भक्तपुरमा ६७ जना रहेका छन् ।

अहिले नेपालमा २७ हजार दुई सय २८ जना कोरोनाका सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ६६६ जनाको आईसीयू र १६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १० श्रावण आईतबार  ९ : २५ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको