२०८३, २५ भाद्र शुक्रबार

३ करोड १७ लाखको हेलम्बु प्रहरी चौकी, उद्घाटनको पाँच महिनामै बाढीले ढाल्यो

३ करोड १७ लाखको हेलम्बु प्रहरी चौकी, उद्घाटनको पाँच महिनामै बाढीले ढाल्यो


सिन्धुपाल्चोक ५ असार :  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले ढलाएको छ ।

भवनसँगै केही सामानहरू पनि बगाएको इप्रकामा कार्यरत हबल्दार इन्द्र अधिकारीले जानकारी दिएका छन् । ‘शुरुको दिनमा किचन र ट्वाइलेट ढलाएको थियो । शुक्रबार रातिको बाढीले भवन पनि ढल्यो,’ अधिकारीले भने । केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । ‘अहिले हामीले माथि एक जना स्थानीयको घरमा राखेका छौं,’ उनले भने । त्यसैगरी शुक्रबारको बाढीले ग्याल्थुम बजारस्थित इस्ट प्वाइन्ट एकेडेमी नामक बोर्डिङ स्कुलको भवन पनि ढलाएको स्थानीय तथा एमाले बागमती प्रदेश कमिटी सदस्य हस्त पण्डितले जानकारी दिएका छन् । थप क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भवनमा प्रहरी कर्मचारी चाहिँ बसेका थिएनन् । ‘नदीले कटान गरेर ढुंगाको जाली र भान्सा भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा राखेका थियौं,’ प्रहरी नायब महानिरीक्षक ९डीआईजी० लामाले भने, ‘त्यसैले कर्मचारी चाहिँ सबै सुरक्षित छन् ।’
हेलम्बुमा प्रहरीको चौकी पाँच महिनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो । ‘क’ वर्गको यो इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्ड रहन्छ । यद्यपि हाल सईले कमाण्ड गरिररहेका थिए ।

प्रकाशित मिति : २०७८, ५ असार शनिबार  ११ : ०७ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको