२०८१, २७ चैत्र बिहीबार

काभ्रेकाे धुलिखेलमा स्वास्थ्य सामग्री वितरण

काभ्रेकाे धुलिखेलमा स्वास्थ्य सामग्री वितरण


धुलिखेल २५ जेठ प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले काभ्रेको धुलिखेल नगरपालिकाको सञ्जीवनी आइसोलेशन केन्द्र र होम आइसोलेनमा रहेका परिवारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कोरोना भाइसरबाट संक्रमित भई कोभिड १९ सँग लडिरहेका विरामीहरुलाई राहत पु¥याउने उद्देश्यले केन्द्रले सहयोग उपलब्ध गराएको हो ।

नगर प्रमुख अशोक व्यञ्जूको उपस्थितिमा वडा नं. ८ का वडाअध्यक्ष निराजन जङ्गम र वडा नं १ का अध्यक्ष रमेशप्रसाद घोरासैनीलाई हस्तानरण गरिएको थियो । स्वास्थ्य सामग्री जनजाति र विपन्न दलित परिवारलाई लक्षित गरी सहयोग उपलब्ध गराइएको छ । गुल्कोज, निटाइजर, माक्स, डिटोल साबुन लगायतका सामग्री हस्तान्तर गरेको संस्थाका क्षेत्रीय संयोजक रिता मानन्धरले बताउनुभयो । स्वास्थ्य सामग्री वडाअध्यक्षद्वयले संक्रमितका परिवारलाई उपलब्ध गराएका थिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख श्री अशोक व्याञ्जु धुलिखेल नगरका स्वास्थ्य प्रमुख सन्दिप केसी, स्वास्थ्य शाखा अधिकृत शरदचन्द्र थापा, गैसस महासंघ काभ्रेका अध्यक्ष टोमप्रसाद सापकोट लगायतको उपस्थिती रहेको थियो । संस्थाका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक चुपबहादुर थापाले सामग्री हस्तान्तरण गरेका थिए । कोभिड महामारीको नियन्त्रण र रोकथाम तथा विपदमा रहेका विरामीको मनोवल बढाउन संस्थाले सकेको सहयोग उपलब्ध गराएको कुरा संस्थाका कार्यकारी निर्देशक चुपबहादुर थापाले बताउनुभयो ।

कार्यक्रमा नगरप्रमुख अशोक व्याञ्जुले अहिलेको विषम परिस्थितीमा चाहिने सामान नै स्वास्थ्य सामग्री भएको उल्लेख गर्दै आवश्यक जे छ, त्यो संस्थाले उपलब्ध गराएकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो । कोरोना नियन्त्रणका लागि आवश्यक सामग्री दिएकोमा स्वास्थ्य शाखा प्रमुख सन्दिप के.सी. ले सहयोगी संस्थालाई धन्यवाद दिनुभयो ।

 

प्रकाशित मिति : २०७८, २५ जेष्ठ मंगलबार  ९ : ०४ बजे

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

अब तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका

रेडियो नेपाल कुनै पार्टी, व्यक्तिको नभैइ तीन करोड नेपालीको  हो : मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाल