२०८२, १६ चैत्र मंगलबार

कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने प्रक्षेपण, बालबालिका बढी प्रभावित हुन सक्ने

कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने प्रक्षेपण, बालबालिका बढी प्रभावित हुन सक्ने

तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने


काठमाडौं, २२ जेठ :  कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ ।

प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ । यसका लागि सबै अस्पताल स्वास्थ्य संस्थालाई स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

मन्त्रालयले कोरोना संक्रमण लहर पुनः आउन सक्ने भन्दै सचेत र सजग रहनुपर्नेमा समेत जोड दिएको छ । गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। मदनकुमार उपाध्यायका अनुसार संक्रमण दोस्रो लहरजस्तै तेस्रो, चौथो आउन सक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुन सक्ने भएकाले सबै अस्पताललाई शøया छुट्याउन परिपत्र गरिएको छ ।

तेस्रो र चौथो लहर आउन सक्ने भएकाले पूर्वतयारी गर्नुपर्ने भएकाले वैकल्पिक अक्सिजन व्यवस्थापन गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई आग्रह गरिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा ‘दोस्रो लहरजस्तै तेस्रो, चौथो आउन सक्ने र बालबालिका बढी संक्रमित हुन सक्ने अवस्था मध्यनजर गर्दै स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत कोभिड संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न’ भनिएको छ ।

यसैबीच, देशभर शुक्रबार ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १ सय ८२ जनाको पीसीआर र ६ हजार ६ सय ३१ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ सय १ संक्रमितको मृत्यु भएको छ । शुक्रबार ८ हजार ६ सय ६३ संक्रमित निको भएका छन् । देशभर ७ सय ५५ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै, देशभरका अस्पतालमा १ हजार ४ सय २२ जना आईसीयू र ४ सय ४ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

प्रदेश १ मा २१२ आईसीयू र ५२ भेन्टिलेटर, प्रदेश २ मा १ सय १२ आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत छन् । बाग्मती प्रदेशमा ७ सय १६ आईसीयू र २ सय ५२ भेन्टिलेटरमा छन् ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १ सय ४४ आईसीयू र ३३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ५८ आईसीयू र २४ भेन्टिलेटर, कर्णालीमा ४८ आईसीयू र ५ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३२ आईसीयू र ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैबीच, औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सेसले उत्पादन गरेको कोभिड–१९ विरुद्धको ‘कोरोनाभ्याक’ खोप नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । राजधानी दैनिक 

प्रकाशित मिति : २०७८, २२ जेष्ठ शनिबार  ८ : ०१ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा