२०८२, ५ असार बिहीबार

कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने प्रक्षेपण, बालबालिका बढी प्रभावित हुन सक्ने

कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने प्रक्षेपण, बालबालिका बढी प्रभावित हुन सक्ने

तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने


काठमाडौं, २२ जेठ :  कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ ।

प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ । यसका लागि सबै अस्पताल स्वास्थ्य संस्थालाई स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

मन्त्रालयले कोरोना संक्रमण लहर पुनः आउन सक्ने भन्दै सचेत र सजग रहनुपर्नेमा समेत जोड दिएको छ । गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। मदनकुमार उपाध्यायका अनुसार संक्रमण दोस्रो लहरजस्तै तेस्रो, चौथो आउन सक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुन सक्ने भएकाले सबै अस्पताललाई शøया छुट्याउन परिपत्र गरिएको छ ।

तेस्रो र चौथो लहर आउन सक्ने भएकाले पूर्वतयारी गर्नुपर्ने भएकाले वैकल्पिक अक्सिजन व्यवस्थापन गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई आग्रह गरिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा ‘दोस्रो लहरजस्तै तेस्रो, चौथो आउन सक्ने र बालबालिका बढी संक्रमित हुन सक्ने अवस्था मध्यनजर गर्दै स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत कोभिड संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न’ भनिएको छ ।

यसैबीच, देशभर शुक्रबार ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १ सय ८२ जनाको पीसीआर र ६ हजार ६ सय ३१ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ सय १ संक्रमितको मृत्यु भएको छ । शुक्रबार ८ हजार ६ सय ६३ संक्रमित निको भएका छन् । देशभर ७ सय ५५ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै, देशभरका अस्पतालमा १ हजार ४ सय २२ जना आईसीयू र ४ सय ४ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

प्रदेश १ मा २१२ आईसीयू र ५२ भेन्टिलेटर, प्रदेश २ मा १ सय १२ आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत छन् । बाग्मती प्रदेशमा ७ सय १६ आईसीयू र २ सय ५२ भेन्टिलेटरमा छन् ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १ सय ४४ आईसीयू र ३३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ५८ आईसीयू र २४ भेन्टिलेटर, कर्णालीमा ४८ आईसीयू र ५ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३२ आईसीयू र ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैबीच, औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सेसले उत्पादन गरेको कोभिड–१९ विरुद्धको ‘कोरोनाभ्याक’ खोप नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । राजधानी दैनिक 

प्रकाशित मिति : २०७८, २२ जेष्ठ शनिबार  ८ : ०१ बजे

विकासका लक्ष्य प्राप्तीका लागि ठूलो मात्रामा लगानी आवश्यक : अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका

ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रबार ४ बजे हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर स्थित ग्वार्को फ्लाई

सांसद थापाले च्याते संसदभित्रै बजेट किताब

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सांसद अमरबहादुर थापाले बजेट पुस्तिका

आजबाट दीपक मनाङेको संसद पद गयो

काठमाडौं: २०७९ सालको निर्वाचनमा दीपक मनाङे उर्फ राजीवले जितेको मनाङको

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र